रणवीर दीपिका विवाहको तस्बिरहरु बाहिरियो । दुबैले गरे ईन्स्टाग्राममा पोस्ट


बलिउड स्टार रणवीर सिंह र दीपिका पादुकोणले बिहिबार साँझ एकसाथ बिहेको फोटो शेयर गरेका छन्। दीपिका र रणवीरले एकै खालका दुई फोटो इन्स्ट्राग्राममा पोस्ट गरेका हुन्। तस्बिरमा रणवीर परम्परागत पहिरनमा देखिएका छन्। दीपिका पनि गोल्डेन कलरको साडीमा देखिएकी छिन्।

यस्तै अर्को तस्बिरमा दीपिका र रणवीर सब्यसाचीको डिजाइन रहेको रातो परम्परागत पोशाकमा देखिएका छन्। जसमा दुबैले विभिन्न बहूमूल्य गहना लगाएको देखिन्छ।

इटालीको लेक कोमोमा बुधबार र बिहीबार उनीहरुको कोँकणी र सिन्धी परम्पराअनुसार विहे भएको हो। उनीहरुले तस्बिर शेयर गरेको क्षणभरमै लाखौंले लाइकका साथै बधाईको कमेन्ट लेखेका छन्।

Subscribe on YouTube

यो पोस्ट तपाईलाई कस्तो लाग्यो? कृपया कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया दिनुहोस्। ❤️ सेयर गर्नुहोस्।