चिन्ता नलिनुस् दिनहु अनारको जुस पिउनुस्, यौन क्षमता बढाऊनुस


यदि तपाईंको यौन प्रति रुची घट्दै छ, छिटो थाक्नु हुन्छ अब भने चिन्ता नलिनुस्, दिनहु एक गिलास अनारको जुस पिउनुस। एक अध्ययनबाट अनारको जुसले यौन क्षमता बढाउने पुष्टि भएको छ। अध्ययनका अनुसार कम्तीमा १५ दिन अनारको जुस पिउनाले त्यसको असर देखिनेछ। एडिनबर्गको क्वीन मार्गरेट विश्वविद्यालयका शोधकर्ताहरुले अध्ययनमा सामेल गराएका महिला तथा पुरुषलाई १५ दिनसम्म दैनिक एक गिलास अनारको जुस पिउन दिए, जसबाट उनीहरुको टेस्टोस्टेरोन हर्मोनको स्तर बढ्यो। यो हर्मोनले पुरुष तथा महिला दुवैलाई सेक्सको इच्छा बढाउछ। यो अध्ययन २१ देखि ६४ वर्षसम्मका महिला तथा पुरुषमा गरिएको थियो।
anar juice good for healthकिशोरावस्थामा यही हर्मोनका कारण पुरुषमा दार्ही, जुँगा आउछ, आवाज धोद्रो हुन्छ र सेक्सको इच्छा बढ्दै जान्छ। यस्तै, महिलामा टेस्टोस्टेरोनले एड्रेनल ग्रन्थी र डिम्बाशयमा असर पर्छ र सेक्सको इच्छा बढाउछ, हड्डी तथा मांसपेशी मजबूत बनाउछ। यतिमात्र नभई यो हर्मोनले महिला तथा पुरुष दुवको मूडलाई राम्रो बनाउछ र स्मरणशक्ति पनि बढाउछ। तनावबाट मुक्ति दिलाउछ।

अध्ययनमा मानिसको टेस्टोस्टेरोनको स्तर, रक्तचाप तथा उनीहरुमा पैदा हुने नकारात्मक भावना पनि मापन गरिएको थियो जसमा टेस्टोस्टेरोनको स्तर १६ प्रतिशतदेखि ३० प्रतिशतसम्म बढेकोपाइएको थियो भने रक्तचापमा गिरावट आएको पाइएको थिया। यसबाट सकारात्मक भावना बढ्ने र नकारात्मक भावना घट्ने हुन्छ। – एजेन्सी / स्वास्थ्य खबर पत्रिका

Subscribe on YouTube

यो पोस्ट तपाईलाई कस्तो लाग्यो? कृपया कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया दिनुहोस्। ❤️ सेयर गर्नुहोस्।