नाई ! बिबाह अघि मैले गरिन – नायिका प्रियंका कार्की

Model-and-Actress-Priyanka-Karki-Image-2 प्रियंका कार्कीको पहिलो परिचय हो मिस टिन नेपाल २००५ । मिस टिन नेपाल २००५ कि विजेता प्रियंका अहिले हेरोईनको रुपमा पनि परिचित छिन् । झन्डै एक बर्ष अघि एक अमेरिकामा नेपाली भुटानी शरणार्थीहरुले बनाएको फिल्ममा अनुबन्धित भएकी मिस टिन तथा मोडल प्रियंका प्रसन्न पौडेलको ‘मेरो बेस्ट फ्रेन्ड’ बाट हिरोइनका रुपमा डेब्यु गरेकी हुन् । अमेरिकी टेलिफिल्ममा बढिरहेको प्रियंकाको क्रेज र हलिउड सिनेमामा सुरु गर्न लागेको करियर देखेर प्रियंकालाई निर्देशक प्रसन्न पौडेलले नेपाली फिल्मबाट उनलाई हिरोइनमा डेव्यू गराएका हुन् । त्यसपछि उनले थ्री लभर्समा अभिनय गरिन्। त्यसपछि उनका थुप्रै नेपाली सिनेमा रिलिज भए। यिनै प्रियंकासंग संजय सौगातले गरेको रमाइलो कुराकानी।

अरु कसैको कि होल (साँचो घुसाउने प्वाल) बाट चियाएर हेर्नुभएको छ ?
एकपटक चिहाएको छु तर आफ्नै कोठामा रुम मेटले म बाहिरबाट आएको समयमा केही वेर ढोका नखोलेपछि चिहाएर हेरेको हुँ ।

बाथरूम जाँदा तपाई के सोच्नुहुन्छ ?
बाथरूम जाँदा त मोवाईलमा गीत बजाएर इअर फोन कानमा लगाउछु । बस त्यति ।

आफ्नो अगाडि आइरहेको युवकको सबैभन्दा पहिले कुन अंगमा ध्यान केन्द्रित हुन्छ ?
आँखामा किनकी मानिसको सबै कुरा आँखाबाट थाहा हुन्छ ।

तपाइलाई कस्तो प्रकारको खाना बनाउन आउँछ ?
परेको वेला म सबै खाना तयार गर्न सक्छु ।

तपाईको बिचारमा अबको नयाँ प्रधानमन्त्री बनाउन को लायक छ ?
राजनीतीमा नभएको व्यक्ति किनकी अहिले राजनीतीमा भएका व्यक्तिहरु सबै असक्षम छन् ।

तपाईलाई नै प्रधानमन्त्रीको प्रस्ताव गरेर तपाई प्रधानमन्त्री भए पहिले के गर्नुहुन्थ्यो ?
यदी म प्रधानमन्त्री भए भने त सबैभन्दा पहिले अन्य मन्त्री सबैलाई बर्खास्त वा राजीनामा गर्न लगाएर युवाहरुलाई नियुत्त गर्ने थिए ।

सेक्सको परिभाषा ?
माया पछि उत्पन्न हुनुपर्ने प्रतिक्रिया ।

बिहे अघिको सेक्स कति ठिक हो ?
मानिसको दृष्टिकोणमा फरक पर्छ । तर यदी कोही एकदमै माया गर्छ र पछि बिहे गर्नको लागि सीरीयस भएर त्यस्तो रिलेसन राखिन्छ भने मेरो बिचारमा त्यो राम्रो हो तर हावैहावामा गरिने सेक्सुअल रिलेसन राम्रो हैन । त्यसले पछि धोका हुन सक्छ ।

बिहे अघि तपाइले सेक्सको अनुभव गर्नु भो की नाई ?
नाई मैले गरिन ।

आफ्नो अनुहार कस्तो लाग्छ ?
ठिकै सुहाउदो छ जस्तो लाग्छ ।

तपाईलाई यो दुनियामा सबैभन्दा सेक्सी को लाग्छ ?
मेरो आफ्नै भाई प्रमित कार्की जो अहिले अमेरिकामा छ ।

मानि लिउँ तपाई झुक्किएर पुरुषको शौचालयमा छिर्नुभयो अनि भित्र रहेका सबैजना एकैपटक जोडले कराए भने के गर्नुहुन्छ ?
हतार हतारमा निस्किएर भाग्थे नि । अरु त के गर्न सक्थे र !

Subscribe on YouTube