
Nepali Movie Muglan First Look Poster
रेहान प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म ‘मुगलान’को फर्स्ट लुक पोस्टर सार्बजनिक भएको छ। फिल्म निर्माण टिमले फर्स्ट लुक पोस्टर सार्बजनिक गर्दै यो फिल्म पुष १० गते (डिसेम्बर २५) देखि प्रदर्शनमा आउने जानकारी दिएको छ।
फिल्मको फस्ट लुक पोस्टरमा अभिनेता प्रभात पाल र अभिनेत्री स्मारिका ढकाल ग्रामीण भेषभूषामा देखिएका छन्। पोस्टरले फिल्ममा गाउँ समाज र परदेश पृष्ठभूमि समेटिएको संकेत गर्छ।
फिल्ममा प्रभात र स्मारिका संगै श्री शिवांशु, दिनेश डीसी, मोती सुबेदी, रामचन्द्र अधिकारी, ख.ब.पु., राजु राज सोनी, रश्मी भट्ट, जीवन गौतम र सबिन बास्तोला लगायतका कलाकारको अभिनय छ।
फिल्मको कथा आशिष ढकालले लेखका हुन् र निर्देशन पनि उनैले गरेका हुन्। गोमन सिंह यो फिल्मको प्रोड्युसर हुन् भने को–प्रोड्युसरमा रिता चौधरी हुन्।
फिल्मको सम्पादन तारा थापा ‘किम्भे’ले गरेका छन्। जय बिष्ट र राम गुरुको द्धन्द्ध निर्देशन रहेको यो फिल्ममा ब्याकराउण्ड म्युजिक कँडेलले भरेका हुन्। देबेन्द्र कुँवरको कोरियोग्राफि रहेको फिल्ममा डि.ओ.पी. अजय रेग्मीले गरेका हुन्।
फिल्ममा संगीत किरण भुषालले दिएका छन् भने गायनमा शान्तीश्री परियार, प्रताप दास, बेनिशा पौडेल, हरि गिरी (विमर्शी) लगायतको समावेश छन्। गीत रचनामा आशिष ढकाल, सिर्जना लम्साल, हरि गिरी (विमर्शी) रहेका छन्।
निर्माण टिमका अनुसार ‘मुगलान’ले युवाहरूको परदेशको सपना, गाउँघरको प्रेम र संघर्षको कथा उजागर गर्नेछ।
