लिटिल आइकन नेपाल २०१६ आयोजना हुने


little iconविभिन्न उमेर तथा वर्गको व्यक्तित्व र क्षमता अभिबृद्धीकालागि सौन्दर्य एवं प्रतिभामुलक प्रयोगिता आयोजना गर्दै आएको एएनपी मिडिया हाउसले यसपटक फेरि बालबालिको प्रतिभामूलक स्पर्धा लिटिल आइकन नेपाल २०१६ आयोजना गर्ने भएको छ।

आयोजक संस्था एएनपी मिडिया हाउसका प्रबन्ध निर्देशकः लब बहादर कार्कीका अनुसार आगामी नयाा वर्षको अवसर पारेर बैशाख ६ गते सोमबार राजधानीमा लिटिल आइकन नेपाल २०१६ को आयोजना गरिनेछ। विद्यालयमा अध्ययनरत छात्र-छात्राहरुको वौद्धिक विकास तथा नैतिक क्षमता अभिवृद्धिका लागि यस कार्यक्रमको आयोजना गर्न लागिएको उनले बताए। कार्यक्रमले विद्यालय स्तरका बालकालिकाहरुको अतिरिक्त क्रियाकलापमा जागरुकताका साथै अन्तिम परीक्षापछिको बिदा र नयाा शैक्षिक सत्रको सही सदुपयोग गराउने विश्वास पनि कार्कीले व्यक्त गरे।

शम्भुप्रसाद रेग्मीको संयोजन तथा अश्विनी झाको कोरियोग्राफी र सञ्चानलमा हुने प्रतियोगिताका लागि आगामी चैत्र १३ गते शनिबार। ततपश्चात प्रतिभा र व्यक्तित्व विकास, कुशल बोलीचाली अभ्यास, नेतृत्व क्षमता अभिवृद्धि तालिम, रिस र समय व्यवस्थापन, बाल जनचेतना र अधिकार, स्टेज प्रस्तुतिलगायत विविन्न विषयमाझण्डै एक महिनासम्म तालिम र प्रशिक्षण प्रदान गरिने आयोजकले जानकारी गराएका छन्।

अन्मित स्पर्धा भने जमलस्थित राष्ट्रिय नाचघरमा हुनेछ।

SUBSCRIBE 👉