तालु किन खुईलिन्छ ? कसरि गर्ने त उपचार ?


तालु खुइलिएका बिषयमा हाम्रो समाजमा अनेकौं कथा सुन्न पाइन्छन्। कतिपयले तालु खुइलिनुलाई बुद्धि र विवेकको क्षमतासँग पनि दाँज्ने गरेका छन्। तर, यो वास्तविकता होइन। तालु खुइलिनु पनि एउटा रोग नै हो। खासमा तालु २ प्रकारले खुइलिन्छ। सिकाट्राइसियल र नन–सिकाट्राइसियल।

सिकाट्राइसियलमा जन्मजात समस्या, सुन्निएको अवस्था, कोठी, चोटपटक वा क्यान्सरका कारण तालु खुइलिने हुन्छ। त्यस्तै नन–सिकाट्राइसियलमा कहिलेकाहि सानो भाग मात्र खुइलिन्छ भने कहिले पूरा भाग नै। खुइरे भनिने सानो भाग खुइलिने रोग वंशाणुगत गुण, मानसिक रोग वा ढुसी संक्रमणका कारण देखिन्छ। त्यस्तै पूरा भाग चाहिँ एलोपेसिया युनिभरसालिसका कारण खुइलिने हुन्छ। पूरा भाग खुइलिएपछि रौंका जरा नष्ट हुन्छन्। जसको कारण कपाल पलाउन सक्दैन र तालु चिल्लो देखिन्छ। नन सिकाट्राइसियल रोगमा रौंका जरा हुने भएकाले पुनः पलाउन सक्छन्।
how to reduce hair loss

खोइरे रोग थाइरोइड, दुबी तथा मानसिक तनावको कारणसँग सम्बन्धित छ। यसमा विस्तारै खाली भएको ठाउँमा कपाल उम्रन थाल्छ। यसको उपचारकालागि स्टेरोइड, सोरालिनजस्ता पद्दति अपनाइन्छ। एन्ड्रोजेनिक एलोपेसिया ( वंशाणुगत खुइरे) जसलाई पुरुष प्रकारको खुइले पनि भनिन्छ। यो रोग वंशानुगत रुपमा आएको पाइन्छ। तथापि पुरुष हर्मोन बढी हुने महिलामा पनि यो समस्या देखिन्छ। पुरुषमा कुनै परीक्षण आवश्यक नभएपनि महिलामा भने पुरुष हर्मोन निकाल्ने ट्युमर छ कि छैन भन्ने परीक्षण गर्नुपर्छ। पुरुषको हकमा औषधिको प्रयोगले कपाल झर्ने प्रक्रिया ढिलो गराउने तथा नयाँ कपाल पलाउने उपचार पनि गर्न सकिन्छ। तर यो दीर्घकालीन भने देखिएको छैन। किनकि औषधि बन्द गर्ने वित्तिकै फेरि कपाल झर्न थाल्छ। त्यसैले प्रयोगकर्ताले जीवनभर औषधि प्रयोग गर्नुपर्ने देखिन्छ। विग (नक्कली कपाल) लगाउने तथा सर्जरी यसको उपचारका विकल्प हुन सक्छन्।

टेलोजेन इफ्लुभियम नामक तालु खुइलने समस्या मुख्यतया संक्रमण (टाइफाइट, औलो, डेंगु), तालुका अपरेशन, चोटपटक, परीक्षाको तनाव, तनावयुक्त वैवाहिक सम्बन्ध र प्रशव पीडाका कारण देखिन सक्छ। यसको उपचार नगरी निराकरण हुदैन। उपचार गरियो भने यो समस्या २–३ महिनापछि समाधान हुन सक्छ तर कपालको स्वरुप पहिलेकै अवस्थामा भने आउँदैन।

ट्याक्सन एलोपेसिया नामक कपाल झर्ने समस्या आजभोलि ह्वात्तै बढेको पाइएको छ। यो समस्या कपाल सिधा पार्न गरिने प्रविधि हट कम्बिङको कारणले हुन्छ। ट्राइकोटिलोम्यानिया नामक कपाल झर्ने समस्या युवतीमा पाइएको छ। खासगरी मानसिक समस्या भएका युवतीमा यो समस्या देखिन्छ। त्यसैगरी रौँ का जरामा सक्रमण भएमा, ढुसीको संक्रमण भएमा, सोरियासिस तथा कुष्ठरोगमा पनि तालु खुइलिने समस्या देखिन्छ। यस्तो अवस्थामा उपचार गरियो भने स्वतः कपाल पलाएको पाइन्छ। क्यान्सरको उपचार (केमोथेरापी ) र विष सेवनपश्चात् पनि कपाल झर्ने समस्या देखिन्छ। यस्तो समस्यामा परेकाहरूले उपचार गरेमा फेरि पुरानै तरिकाको कपाल प्राप्त गर्न सक्छन्।

SUBSCRIBE 👉