प्रेमीका लागि घर छाडिन वर्षाले


Barsha-Raut-Pushpa-Khadka

ग्ल्यामर नेपाल, काठमाडौं । माया प्रेममा कसमको महत्व ठूलो हुन्छ। प्रेमी र प्रेमिकाले एकापसमा नछुटिने कसम खाएर नै प्रेम गरेका हुन्छन् । सम्भवत मोडल वर्षा राउतले पनि पुष्प राउतसँग यही कसम खाएकी हुन्छन्। घरमा वर्षाको हात माग्दा जाँदा वर्षाको पिताले पुष्पलाई वर्षा नदिने भएपछि पीडित बनेका पुष्पलाई पाउन वर्षाले घरै छोडेर भाग्छिन्।

गायिका अप्सरा घिमिरेको स्वरमा रहेको ‘तिमीले कसम खाएपछि’बोलको गीतको म्युजिक भिडियोमा वर्षा र पुष्पलाई यस्तै प्रेमको अवस्थामा देख्न सकिन्छ। योगेन्द्र मणि दाहालको शब्द र कल्याण सिंहको संगीतमा तयार भएको गीतका भिडियो निर्देशक दीपेन्द्रराज डंगोल हुन्। ‘मनसुन’ नामक एल्बममा रहेको गीतको भिडियोका सम्पादक प्रकाश तुलाधर हुने भने छाँयाकार हरि हुमागाई हुन्। भिडियोलाई द कोर क्रिएसनले उत्पादन गरेको हो।

barsha-raut-music-video-image