
गायक प्रताप दास र गायिका समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ गीतको भिडियो रिलिज गरिएको छ। ‘बयान’ बोलको मेलोडियस गीतको भिडियो नुवाकोट बिदुरमा रहेको शिवालय सिनेप्लेक्समा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको हो। कार्यक्रममा म्युजिक भिडियो निर्माण टिम संगै नुवाकोटका थुप्रै गन्यमान्य व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।
रोशन दासले निर्देशन गरेको भिडियोमा सन्तोष सरगम अधिकारिको जीवन र सफलताको कथा देखाउन खोजिएको छ। नुवाकोटका बिभिन्न रमणीय स्थानहरुमा छायाँकन गरिएको भिडियोमा सन्तोष सरगम अधिकारी,प्रियना आचार्य, नारायण बिक, रुपा पुडासैनी फिचर्ड छन्। सन्तोषको यो पहिलो भिडियो हो।
🎬म्युजिक भिडियो हेर्नुहोस्: गायक प्रताप दास र गायिका समिक्षा अधिकारीको ‘वयान’
व्यवसायी सन्तोष सरगम अधिकारीको शब्द रचना रहेको गीतमा सरोज पोखरेलले संगीत भरेका छन। नितेश घतानले छायांकन गरेको भिडियोको सम्पादन बिनोद बमले गरेका हुन्।
