
Singer Sujan Chapagain
गायक सुजन चापागाईंले आफ्नो नाम जोडिएको सामाजिक सञ्जाल विवादबारे मुख खोलेका छन्। पछिल्ला केही दिनदेखि निजी म्यासेजका स्क्रिनसटहरू सार्वजनिक भएपछि उनी सामाजिक सञ्जालमा चर्चामा थिए।
अस्ट्रेलिया म्युजिकल टुरमा रहेका सुजनले सार्वजनिक वक्तव्यमार्फत आफू यस विषयले चिन्तित र दुःखी भएको बताएका छन्। उनले विगतमा नजिक रहेका साथीहरूसँग म्यासेज आदानप्रदान भएको स्वीकार गर्दै त्यसबाट उत्पन्न परिस्थितिप्रति माफी मागेका छन्।
तर सामाजिक सञ्जालमा आएका सबै दाबीबारे आफू अनभिज्ञ रहेको उनको भनाइ छ। आफ्नो सामाजिक सञ्जाल विभिन्न समयमा सोसल मिडिया म्यानेजरहरूले पनि चलाएको भन्दै त्यस क्रममा दुरुपयोग भएको हुन सक्ने प्रारम्भिक अनुमान उनले गरेका छन्।
सुजनले आफ्नो नाममा धेरै फेक अकाउन्टहरू सक्रिय रहेको जानकारी आएको पनि बताएका छन्। अस्ट्रेलिया टुर सकेर नेपाल फर्किएपछि यस विषयमा कानुनी उपचार खोज्ने उनको भनाइ छ।
उनले दर्शक, श्रोता, परिवार र शुभचिन्तकहरूप्रति माफी माग्दै आगामी दिनमा गम्भीर आत्मसमीक्षा गर्ने र सामाजिक सञ्जाल प्रयोगमा अझ सचेत रहने प्रतिबद्धता जनाएका छन्।
हेर्नुहोस् सुजनको पोस्ट जस्ताको त्यस्तै:

