काठमाडौं । नेपाली अमेरिकन कलाकार संघले आयोजना गरेको एक कार्यक्रममा गायक नविन ढुंगेल र गायिका निशा सुनारबीच जुहारी चलेको छ । अमेरिकाको न्यूयोर्कस्थित ज्याक्सन हाइटमा भएको कार्यक्रममा ढुंगेलले आफ्नो चर्चित गीत ‘मन पर्ने एउटा साली छ’ गाउँदा गायिका निशाले त्यसको प्रतिउत्तर दिएकी थिईन् । उमेरले ६० कटेका गायक ढुंगेल र गायिका सुनारको दोहोरी सुनेपछि ढुंगेलका छोरा गायक अभय ढुंगेल लाजले रातोपिरो भएका थिए ।
कार्यक्रममा सांस्कृतिक कार्यक्रमका लागि अमेरिका पुगेकी गायिका सुनिता दुलाल, गायक हिमाल सागर, वरिष्ठ गायक नवीन ढुंगेल, गायिका मन्जु थापालाई संघका तर्फबाट कार्यवाहक अध्यक्ष गायक कन्हैया सिंह, संरक्षक याम बराल, चलचित्र अभिनेत्री सुवर्ण अधिकारीले खादा ओढाएर सम्मान गरेका थिए । कार्यक्रममा गायक नरेन्द्र प्यासी, गायिका अन्जना गुरुङ, गायक जगदीश समाल, नायिका रन्जना शर्मा, मोडल डेजी शेर्पालगायतका कलाकारहरुको सहभागिता रहेको थियो ।
होम » गीत / संगीत » अमेरिकामा नवीन र निशाको जुहारी
सम्बन्धित पोस्टहरु
जहीर इकबालसँग रोमान्टिक मुडमा अदिती बुढाथोकी
अभिनेत्री अदिती बुढाथोकी बलिउड अभिनेता जहीर इकबालसँग पन्जाबी म्युजिक भिडियो ‘फरिश्ता’मा रोमान्टिक अवतारमा देखिएकी छन्। फरहाद साम्जी निर्देशित भिडियोमा कमल...
आमा बन्दै गायिका सुनिता दुलाल, तीज गीत भिडियोमा देखियो बेबी बम्प
लोकप्रिय गायिका सुनिता दुलाल पहिलो सन्तानको प्रतीक्षामा छिन्। श्रीमान् राजेश केसीसँग तीज गीतमा रमाउँदै नाचेको भिडियोमा उनले पहिलोपटक बेबी बम्प देखाएकी छन्।
चौतर्फी आलोचनापछि प्रियंका र दुर्गेशले मागे माफी, आधिकारिक युट्युब र सामाजिक सञ्जालबाट हटाइयो ‘मास्टर्नी’
फिल्म ‘मास्टर्नी’को प्रमोसनल गीतका शब्द र दृश्यले शिक्षक समुदायको भावनामा चोट पुगेको स्वीकार गर्दै प्रियंका कार्की र दुर्गेश थापाले क्षमायाचना गरेका छन्। गीत...
‘नेपहपको श्रीपेच ३’ कसले जित्ला? को–को परे टप–१०मा ?
‘नेपहपको श्रीपेच’ सिजन ३ का उत्कृष्ट १० प्रतिस्पर्धी सार्वजनिक भएका छन्। हजारौँ डिजिटल अडिसन र विभिन्न चरण पार गरेका १० र्यापर अब १० लाख रुपैयाँ तथा विश्व...
अमेरिकामा गायक युवराज चौलागाईंलाई जर्सी सिटी काउन्सिलद्वारा सम्मान
नेपाली संगीतका लोकप्रिय गायक युवराज चौलागाईंलाई अमेरिकाको जर्सी सिटी काउन्सिलले औपचारिक सम्मान प्रदान गरेको छ। दुई दशकभन्दा लामो सांगीतिक यात्रा, ४०० भन्दा बढी...
संघर्ष र आशाको कथा बोकेको ‘समकालीन’ ब्यान्डको पहिलो गीत ‘लाहुर’
निराशा, संघर्ष र आशाको कथा बोकेको गीत ‘लाहुर’ मार्फत 'समकालीन' ब्यान्डले सांगीतिक यात्रा सुरु गरेको छ। एक समय अन्तिम सांगीतिक प्रयास ठानिएको यही सिर्जना अहिले...
एआईबाट कलाकारका सिर्जना दुरुपयोग भएको भन्दै सुगम पोखरेलको कानुनी चेतावनी
गायक सुगम पोखरेलले एआई प्रयोग गरेर कलाकारका सिर्जना अनुमति बिना डिजिटल प्लेटफर्ममा राखी पैसा कमाउनेलाई सो सामग्री हटाउन कडा कानुनी कारबाहीको चेतावनी दिएका छन्।
गायक सुजन चापागाईंको दाबी: सबै भाइरल च्याट मेरा होइनन्
नेपाली संगीत क्षेत्रमा युवा पुस्तामाझ लोकप्रिय गायक सुजन चापागाईं कथित निजी च्याटका स्क्रिनसट सामाजिक सञ्जालमा भाइरल भएपछि विवादमा तानिएका छन्। ती सामग्रीलाई...

