बालबालिकाको पढाईमा खर्च जुटाउँदै महिला कलाकार


nepali-femail-artistsग्ल्यामर नेपाल, काठमाडौं । लोकप्रिय मासिक पत्रिका नवनारीले सामाजिक सेवामा पनि हात बढाएको छ। नवनारीको प्रकाशन कम्पनी नवनारी मिडिया एण्ड रिसर्च प्रालिले गुल्मीको बम्घा गाबिस वडा न. १ मा रहेका अति विपन्न माझी समुदायका बच्चाहरुको शिक्षामा योगदान पुर्‍याउने उद्येश्यले ‘नवनारी सांगितिक साँझ २०७०’ को आयोजना गर्न लागेको हो। कार्यक्रममा आउदो चैत्र १ गते शनिबार हुँदैछ।

कार्यक्रमबाट खर्च कटाएर बाँकी रहको सम्पूर्ण रकम पढ्न चाहेर पनि पढ्न नसकेका बालबालिकाहरुको लागि सहयोग गरिने प्रालिका प्रवन्ध निर्देशक विनोद पछाईले जानकारी दिएका छन्। कार्यक्रममा कुन्ति मोक्तान, संगिता राना, नलिना चित्रकार, निता ढुङगाना, नन्दिता के.सी, गरिमा पन्त, सुस्मा कार्की, निरु खड्का, पल्पसा डङगोललगायतका दुई दर्जन महिला कलाकारले प्रस्तुती दिने बताइएको छ। नवनारीको यो अभियानमा सिजी इन्टरटेनमेन्टले पनि साथ दिएको छ।
navanari-musical-evening-2070