पुष्प र तनुजाको डान्सिङ अवतार – ‘दुनिया बेग्लै छ’ म्युजिक भिडियो


pushpa khadka and Tanuja Gurung
मोडल पुष्प खड्का र तनुजा गुरुङ ‘दुनिया बेग्लै छ’ बोलको गीतको भिडियोमा देखिएका छन्। अष्ट्रेलियामा बस्दै आएका गायक समिर आचार्य र अमेरिकामा बस्दै आएकी गायिका निक्की कार्कीको नयाा गीत ‘दुनियाा बेग्लै छ’ मा यो जोडीलाई डान्सिङ अवतारमा हेर्न सकिन्छ।

आशिष अविरलको संगीत र आनन्द अधिकारीको शब्द रहेको यो गीतको भिडियोलाई फास्ट शैलीमा तयार पारिएको छ। जसका कारण पार्टी, क्लबहरुमा यो गीत घन्कन सक्ने सम्भावना छ। यो गीतलाई दर्शकसम्म पुर्‍याउनका लागि ‘दुनियाँ बेग्लै छ, अब नेपाल नाच्दै छ’ भन्ने मुल नाराका साथ प्रतिस्पर्धा पनि आयोजना गरिएको छ। गायक समिर आचार्यले आफू र निक्की मिलेर दर्शकलाई नयाँ नयाँ प्रस्तुती पस्किने बताए। उनले आफूहरुको गीत सुन्दा दर्शकलाई पनि नाँचु नाँचु लाग्ने खालको होस् भन्ने सोचले यो गीत तयार पारिएको जानकारी दिए।

भिडियो हेर्नुहोस्