बाहिरियो चलचित्र ‘कुईनेटो’को गीतहरु


मिडिया एण्ड इन्टरटेन्टमेन्टको व्यानरमा निमार्ण भएको चलचित्र कुईनेटोको अडियो गीत (जुकवक्स) सार्बजनिक भएको छ। चलचित्रको सार्बजनिक अडियो गीतहरुमा आकासको जुन तिमी, जलेको जल्यै छ यो मन र मै सानी सानी रहेका छन्।

Sirju-Adhikari-Kuineto-Actress

प्रदर्शाेन्मुख यस चलचित्रका गीतहरुमा सन्तोष श्रेष्ठ, अनिल विरही र दुर्गा दाहालले संगीत भरेका छन् भने ललीता कुवँर, पुरुषोत्तम लोहनी र दुर्गा दाहालको शब्द युवराज चौलागाई, श्रेयशी चेमजोङ, राज सागर, काव्य आचार्य र दुर्गा दाहालको स्वर रहेको यस चलचित्रमा श्रीदेव भट्टराई, सानीया खान, श्रीजु अधिकारी, एन.आर.रिमाल, केशव सापकोटा,मोतीराम जैशी,गंगा भुजेल,किशोर विसी, गोपाल क्षेत्री, रविन्द्र बमलगायतका कलाकारहरुको अभिनय रहेको छ।

जनकराज अधिकारीको छायांकन, प्रदिप दाहालको सम्पादन, किरण दाहालको दन्द रहेको यस चलचित्र लाई सुद्र पश्चिमका विभिन्न स्थानमा छायांकन गरियको यस चलचित्रलाई माधव खरेलले लेखन तथा निर्देशन गरेका हुन्।