‘जेरी’ गर्ल आना शर्मालाई ‘ग्याङस्टार ब्लुज’ को भर!


Nepali Actress Anna Sharma

फिल्म ‘जेरी’ मा सँगै स्क्रिन सेयर गरेका जोडी हुन् – अनमोल केसी र आना शर्मा। फिल्म प्रदर्शन पछि यी दुबैको चर्चा एकाएक चुलियो। सुन्दर मुहार र जीवन्त अभिनयले सहरिया युवापुस्तामाझ प्रिय बने यी दुवै। यो फिल्म पछि अनमोल अभिनीत फिल्म ‘ड्रिम्स’ र ‘गाजलु’ले राम्रो व्यापार गर्यो। तीन वर्ष बित्यो, आनाको एउटै फिल्म प्रदर्शन भएको छैन।

अनमोल सँग फिल्म ‘ड्रिम्स’ बाट करिअर शुरु गरेकी साम्राज्ञीराज्यलक्ष्मी शाहले तीन वटा फिल्म खेल्न भ्याइ सकिन्। तर आना भने गुमनाम भईन। यसरी पहिलो फिल्मबाटै पलायन भएको आभास गरिएकी यी नायिका अभिनित दोस्रो फिल्म रिलिजका लागि तयार भएको छ, फिल्म हो हेमराज बिसी निर्देशित – ग्याङस्टार ब्लुज।

ग्याङस्टार ब्लुज को ट्रेलर हेर्न यहाँ क्लिक गर्नुहोस्

यो फिल्म भदौ २ गते बाट प्रदर्शन हुँदै छ। यसको टिजर हप्ता दिन सम्म यूट्युबको नेपाल ट्रेन्ड्रिङमा एक नम्बरमा रह्यो। यसले आनाको क्रेज अझ बाँकी छ भन्ने संकेत गरेको हो त ? यो फिल्ममा आनाको जोडीका रुपमा आशिरमान देशराज देखिएका छन्। के यो फिल्मले आनाको फिल्मी करिअरलाई उकास्ला त ?