अभिनेत्री केकी अधिकारी अभिनित चलचित्र ‘हुर्रे’को ‘ठेकीमा दही’ बोलको गीत सार्बजनिक गरिएको छ। गीतको भिडियोमा फिल्मका कलाकार केकी संगै अंकीत खड्का, राजाराम पौडेलको रमाईलो नृत्य हेर्न सकिन्छ। राजनराज सिवाकोटी र मिलन अमात्यको स्वर रहेको सार्वजनिक गीतमा राजेन्द्र थापाको शब्द तथा राजनराज सिवाकोटीको संगीत सुन्न सकिन्छ। यम थापाले निर्देशन गरेको ‘हुर्रे’मा केकी अधिकारी, अंकीत खड्का, राजाराम पौडेल, अनुपविक्रम शाही, विजय बराल, प्रकाश घिमिरे लगायतका कलाकारको मुख्य अभिनय रहेको छ। डार्क कमेडी जनरामा बनेको यो चलचित्र फागुन २५ गतेबाट अल नेपाल प्रदर्शनको तयारीमा छ।
होम » फिल्मी न्युज / गसिप » केकी को ठेकीमा दहि, नौनी खाने छ कोई ?
सम्बन्धित पोस्टहरु
दुई बायोपिकमा हरिवंश बन्दैछन् अरुण क्षेत्री: ‘म मदनकृष्ण’ सँगै हरिवंशकै बायोपिकमा पनि अनुबन्धित
मदनकृष्ण श्रेष्ठको बायोपिक ‘म मदनकृष्ण’मा हरिवंश आचार्यको भूमिकाका लागि अरुण क्षेत्री अनुबन्धित भएका छन्। अरुणले हरिवंश आचार्यको जीवनमा बन्ने अर्को बायोपिकमा...
‘झिँगेदाउ २’ मा आर्यन सिग्देलको यस्तो अवस्था, टिजरले खोल्यो नयाँ रहस्य
पारिवारिक सम्बन्ध, देउरानी–जेठानीबीचको द्वन्द्व र आमाको खोजीलाई समेटिएको ‘झिँगेदाउ २’ को टिजर सार्वजनिक भएको छ। आर्यन सिग्देलको रहस्यमय अवतारले टिजरमा थप...
नेपाली फिल्म ‘जार’ले जर्जियामा जित्यो उत्कृष्ट माउन्टेन फिल्म अवार्ड
इन्द्रबहादुर राईको कृतिबाट प्रेरित नेपाली फिल्म ‘जार’ले जर्जियामा आयोजित अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा उत्कृष्ट माउन्टेन फिल्म अवार्ड जितेको छ।
जितु र प्रियानाको रोमान्टिक केमेस्ट्री: फिल्म ‘कार्की साइला’को गीत ‘लग्यौ परान’
फिल्म ‘कार्की साइला’को पहिलो गीत ‘लग्यौ परान’ सार्वजनिक गरिएको छ। श्रेय अगस्ती र बेनिशा पौडेलको स्वर रहेको गीतको भिडियोमा जितु नेपाल र प्रियाना आचार्य...
‘कमला मिस’ को भव्य प्रिमियर, दर्शकले गरे खुलेर प्रशंसा
बालमनोविज्ञान, आमाको माया, शिक्षक–विद्यार्थी सम्बन्ध र पारिवारिक संवेदनालाई समेटिएको निर शाह निर्देशित चलचित्र ‘कमला मिस’ ले प्रिमियरमा सकारात्मक प्रतिक्रिया...
‘पच्चीस पच्चीस’ घोषणा: अभिषेक, खुशी र प्रमोद मुख्य भूमिकामा, ‘भक्ते भाइ’को नेपाली फिल्ममा डेब्यु
सामाजिक कमेडी कथामा बन्न लागेको चलचित्र ‘पच्चीस पच्चीस’को औपचारिक घोषणा गरिएको छ। सुब्रत आचार्य निर्देशित फिल्ममा अभिषेक खड्का, खुशी कार्की, प्रमोद अग्रहरी र...
प्रेम, धोका र संघर्षको कथा बोकेको ‘लज्जावती’ ट्रेलर
राजबहादुर साने निर्देशित फिल्म ‘लज्जावती’को ट्रेलरमा मुकुन भुसाल र जानुका विश्वकर्माको प्रेम सम्बन्धले विश्वासघात, पीडा र चुनौतीपूर्ण मोड लिएको देखाइएको छ।
रेखा थापाको ‘माया भनेकै यस्तो होला’ गीतमा दिल श्रेष्ठसँग तीन नायिकाको रोमान्स
रेखा थापा निर्देशित ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक भएको छ। गीतमा दिल श्रेष्ठसँग सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाहको प्रेमिल केमेस्ट्री...

