मोस्ट डिजायरेबल वुमन – दीपिका


dipika-padukone-hot
बलिउडकी सुन्दरी नायिका दीपिका पादुकोण ‘टाइम्स मोस्ट डिजायरेबल वुमन अफ २०१३’को सूचीको पहिलो स्थानमा परेकी छन्। चार वर्षदेखि बलिउडमा सुपरहिट फिल्म दिईरहेकी नायिकाको पक्षमा ७ लाख ३४ हजार मत प्राप्त भएको छ । उनी सन् २०१२ मा पनि सूचीको पहिलो नम्बरमा परेकी थिईन्।

उनी अभिनित फिल्म ‘रेस २’, ‘ये जवानी हे दिवानी’, ‘चेन्नाई एक्सप्रेस’ र ‘गोलियोकी रासलिला रामलिला’ सुपरहिट भएका थिए। यिनै फिल्मको सफलताको कारणले पनि उनले ठूला लगानीका विज्ञापनमा पनि अभिनय गर्ने मौका पाईन्। उनी अभिनित पछिल्लो फिल्म ‘ह्याप्पी न्यू इयर’ प्रदर्शनको तयारीमा छ। जसमा शाहरुख खानसँग उनको जोडी हेर्न पाइन्छ।

सूचीमा ‘धुम ३’ नायिका क्याट्रिना कैफ दोस्रो, ‘किक’ नायिका ज्याकुलिन फर्नान्डेज तेस्रो, पोर्नस्टार सनी लियोन चौथो र प्रियंका चोपडा पाँचौं स्थानमा परेका छन्। त्यस्तै चित्रांगदा सिंह, श्रीया सरण, इशा गुप्ता, कंगना रनावत, श्रद्धा कपुर, आलिया भट्ट, नर्गिस फखरी, नेहा शर्मा, सोनम कपुर, इभलिन शर्मा, तमन्ना, यामी गौतम, अदिती राओ हाइदरी, सोनाक्षी सिन्हा, सोनाल चौहान, लियाना डीक्रुज, लिसा हेडोन, सोबिता धुलीपाला, श्रुती हसन र श्रृष्टि राणा पनि सूचीमा अँटाएका छन्।