सम्राज्ञी र धिरजको ‘इन्टु मिन्टु लन्डनमा’ [तस्विरहरु]


साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगरको मुख्य अभिनय रहेको फिल्म ‘इन्टु मिन्टु लन्डनमा’को छायाँकन अन्तिम चरणमा पुगेको छ। भिडियो ब्लगर धिरज मगर यसै फिल्म मार्फत नेपाली फिल्मी नगरीमा नायकको रुपमा डेब्यु गरेका हुन्। उसो त नेपाली फिल्मी बजारमा चर्चित नाम कोरियोग्राफर रेनषा वान्तवा राई पनि यो फिल्म मार्फत फिचर फिल्म निर्देशकको रुपमा डेब्यु गरेकी छिन्। फिल्म निर्माण पक्षले जारि गरेको प्रेस विज्ञप्ति अनुसार फिल्मको ७५ प्रतिशत छायाँकन पुरा भएको छ।

फिल्मको बाँकी दृश्यहरु बसन्त ऋतु मौसम पारेर युके मा नै छायाँकन गरिने बताईएको छ। डिसेम्बरमा युके ‘फेस्टिभ’ मौका पारेर फिल्मका रोमान्टिक दृश्य हरु खिचिएको छ। फिल्मका लागी युकेका थुप्रै रमणीय दृश्यहरु पनि रेकर्ड गरिएको निर्माण पक्षले बताएको छ। यसै विच फिल्मका केहि तस्विरहरु पनि सार्बजनिक गरिएको हो।

प्रज्ज्वल समशेर जबरा र रेनषा को कथा रहेको रोमान्टिक लभस्टोरीमा आधारित यो फिल्ममा साम्राज्ञी र धिरज संगै सारुक ताम्राकारको पनि अभिनय छ। सारुक डेब्यु फिल्म ‘रानी’ यसै वर्ष रिलिज भएको थियो। आई कोर फिल्मस्को व्यानरमा निर्माण भईरहेको फिल्मलाई प्रभु समशेर जबरा र प्रज्ज्वल समशेर जबराले निर्माण गरेका हुन्। सह-निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल छन्।

सिनेमाको लेखकमा अभिमन्यु दिक्षित र रेनषा हुन्। भने, आभास कर्माचार्यले फिल्मका संवाद तयार पारेका हुन्। शैलेन्द्र धोज कार्कीले खिचेको यो फिल्ममा सूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाले संगीत भरेका छन्।

केहि समय पहिले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै यसरि गरिएको थियो फिल्म को घोषणा – भिडियो हेर्नुहोस्