सलमानको ‘किक’ हेर्न महंगो टिकट


Salman-Kick
बलिउडमा एउटा अनौठो ट्रेण्ड बसेको छ, त्यो के हो भने स्टार पावर भएका कलाकारले अभिनय गरेका फिल्महरुमा दर्शकको क्रेज जति बढ्दो छ, त्यति नै फिल्मको टिकट मूल्य पनि ह्वात्तै बढ्ने गरेको छ । बलिउड ब्याडब्वाई सलमान खान अभिनित फिल्म ‘किक’ को टिकट मूल्यमा पनि १५ देखि २० प्रतिशत मूल्य बढ्ने सम्भावना छ । यसअघि आमिर खान अभिनित फिल्म ‘धुम थ्री’को टिकट मूल्य पनि यही अनुपातमा बढेको थियो ।

समाचार अनुसार ‘किक’को विषयलाई लिएर दर्शकमा ठूलो उत्साह पाइएको छ । फिल्मको गीतसँगै प्रोमोले पनि आम दर्शकमा फिल्म हेर्ने जोश बढाइदिएको छ । फन सिनेमाका अपरेश हेड विशाल आनन्दले इदको अवसरमा फिल्म रिलिज हुन लागेकोले त्यसको टिकट मूल्यमा १५ प्रतिशत वृद्धि गर्ने बताए । उनका अनुसार ‘किक’को टिकट मूल्य ‘धुम थ्री’सँग बराबर हुनेछ । फिल्म हलले बिहानको टिकटको मूल्य भने बढाउने छैनन् ।

व्यापार विश्लेषक कोमल नाहटाले फिल्म राम्रो चलेमा इद र त्यसको दुई दिन अघिको मूल्य १० देखि १५ प्रतिशत बढ्ने बताएका छन् । यसअघि ‘एक था टाइगर’, ‘चेन्नई एक्सप्रेस’, ‘तलाश’, ‘धुम थ्री’, ‘जब तक है जान’ जस्ता फिल्मले टिकटको मूल्य बढाएका थिए ।

SUBSCRIBE 👉