
२०३६ सालमा रेडियो नेपालमा रेकर्ड भई प्रथम पुरस्कार जित्न सफल भएको गीत ‘सिन्धुलीगढी घुमेर हेर्दा’ को ४६ वर्ष पछि नयाँ रूप र स्वरमा रिमेक भर्सन रिलिज गरिएको छ।
कृष्ण विक्रम थापाको शब्द, संगीत र स्वर रहेको यो कालजयी गीत ‘सिन्धुली गढी घुमेर हेर्दा सुन्तलीमई’लाई राजु थापाले रिमेक गरेका हुन्। रि–एरेन्ज रुविन कुमार श्रेष्ठले गरेका हुन्। राजु स्वर्गीय कृष्ण विक्रम थापाका जेठा छोरा हुन्।
सिन्धुलीको ऐतिहासिक र सांगीतिक पहिचान बोकेको यो लोकप्रिय नेपाली गीतको भिडियो छायांकन पनि सिन्धुली जिल्लाकै रमणीय स्थानहरूमा गरिएको छ।
भिडियोमा रमेश विश्वकर्मा र दीप्सा कार्की फिचर्ड छन्। पवन केसी, सत्य देवी, पवित्रा रम्तेल तथा काजी थापा पनि भिडियोमा देखिएका छन्। बासु बरालको सिनेमेटोग्राफी रहेको भिडियो निर्देशन क्रान्ति केसीले गरेका हुन्।
चार दशकभन्दा लामो अन्तरालपछि पुनर्जीवित यस गीतले नयाँ पुस्तालाई सिन्धुलीको सांगीतिक धरोहरसँग फेरि नजिक ल्याउने अपेक्षा गरिएको छ।
लोकप्रिय गीत ‘सिन्धुली गढी घुमेर हेर्दा सुन्तली माई’ को रिमेक भर्सन हेर्न यहाँ क्लिक गर्नुहोस
