
Sudan Gurung | Priyanka Karki
अभिनेत्री Priyanka Karki गृहमन्त्री पदबाट राजीनामा दिएका Sudan Gurungको पक्षमा खुलेर उभिएकी छन्। उनले पदभन्दा नैतिकतालाई प्राथमिकता दिएको भन्दै गुरुङको निर्णयलाई समर्थन गरेकी हुन्।
बुधबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै प्रियंकाले यस्तो कठिन परिस्थितिमा पनि विचलित नभई नैतिकताको बाटो रोज्नु आफैंमा ठूलो साहस भएको बताएकी छन्। मिडिया ट्रायलका कारण अनावश्यक दबाब सिर्जना भएको संकेत गर्दै उनले लेखेकी छन्, “सधैं राम्रो काम गर्ने मान्छेले नै धेरै अग्निपरीक्षा दिनुपर्छ, इतिहासले यो कुरा बारम्बार देखाएको छ।”
उनले गुरुङमाथि लागेका सबै आरोपहरूको निष्पक्ष र गहिरो छानबिन हुनुपर्ने माग पनि राखेकी छन्। सत्य बाहिर आउनु नै सबैभन्दा महत्त्वपूर्ण भएको उनको भनाइ छ।
प्रियंकाले गुरुङको क्षमताको प्रशंसा गर्दै अहिलेको अवस्था अन्त्य नभई नयाँ सुरुवात भएको उल्लेख गरेकी छन्। “म विश्वस्त छु, तपाईं यो लडाइँ जितेर अझ शक्तिशाली भएर फर्किनुहुनेछ। नेपालले अझै तपाईंभित्रको शक्ति र भिजन देख्न बाँकी छ,” उनले लेखेकी छन्।
शेयर विवादमा मुछिएपछि गुरुङले बुधबार गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसपछि सार्वजनिक प्रतिक्रियाहरू आइरहेका बेला प्रियंकाको समर्थनले यो विषयलाई थप चर्चा दिएको छ।
एस्तो थियो प्रियंका कार्की को फेसबुक पोस्ट:
मिडिया ट्रायलले दबाब सिर्जना गरेको प्रस्टै देखिन्छ, तर यस्तो कठिन समयमा पनि पदभन्दा नैतिकता रोज्नु आफैंमा ठूलो कुरा हो। सधैं राम्रो काम गर्ने मान्छेले नै धेरै अग्निपरीक्षा दिनुपर्छ, इतिहासले त्यो बारम्बार देखाएको छ। जति टीका–टिप्पणी आए, जति आरोप लागे, सबैको निष्पक्ष र गहिरो छानबिन होस्, सत्य उजागर होस्।
तर म विश्वस्त छु, Sudan Gurung, you will fight this, and you will come back stronger. यो अन्त्य होइन, this is just the beginning. कहिलेकाहीँ सबैभन्दा बलिया मान्छेहरूलाई नै जीवनले सबैभन्दा कठिन परीक्षा लिन्छ, किनकि उनीहरूभित्र त्यो लडाइँ जित्ने सामर्थ्य हुन्छ। नेपालले अझै तपाईंभित्रको शक्ति, vision र potential को पूरा उचाइ देख्न बाँकी छ।
I hope you return even stronger, because Nepal needs you.
🙏
यो पनि पढ्नुहोस्: प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति खुलासा पछि सेलिब्रिटी समर्थन, आलोचनालाई जवाफ
