
Nepali Movie Stree | First Look Poster
चलचित्र ‘स्त्री’को निर्माण कार्य सम्पन्न भएसँगै प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माण टिमले फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै चलचित्रको रिलिज मिति तय गरेको हो।
सार्वजनिक पोस्टरमा चलचित्रका प्रमुख कलाकारहरू फरक–फरक भाव र रहस्यमय अवतारमा देखिएका छन्, जसले कथाप्रति दर्शकको चासो बढाएको छ।कलाकारहरूको गम्भीर अभिव्यक्ति र पोस्टरको डिजाइनले चलचित्र सस्पेन्स तथा थ्रिलर जनरामा आधारित रहेको संकेत गर्छ।
चलचित्रमा दीपाश्री निरौला, प्रमोद अग्रहरि, सलोन बस्नेत, नम्रता श्रेष्ठ, रिस्ता बस्नेत तथा दिनेश डीसी को मुख्य भूमिका रहेको छ। यस्तै सुरवीर पण्डित, नरेन्द्र थापा, देव सरकार, रश्मी भट्ट, अस्मिता बस्नेत, काजल कर्ण, अन्जु सुनार, रामबाबु हुमागाईं, कल्पना श्रेष्ठ र समीर लामा लगायत कलाकारहरूको पनि अभिनय रहेको छ।
टौवा क्रियशनको प्रस्तुति रहेको चलचित्रमा रामशरण उप्रेतीको छायांकन, बाबुल गिरीको संगीत, देव महर्जन तथा शंकर महर्जनको एक्सन निर्देशन, बन्दे प्रसादको सम्पादन र एलिस कार्कीको ब्याकग्राउन्ड स्कोर रहेको छ।
पोस्टर सार्वजनिक भएसँगै ‘स्त्री’लाई यस वर्षको प्रतीक्षित सस्पेन्स थ्रिलरमध्ये एकका रूपमा हेरिएको छ। अब चलचित्रको टिजर र ट्रेलरमार्फत कथाबारे थप जानकारी पाउने अपेक्षा गरिएको छ।
जीवन शाही को निर्देशनमा बनेको चलचित्रका निर्माता समीर राई हुन्। यो चलचित्र आगामी मंसिर ११ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ।
नेपालमा चलचित्रको वितरण एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले गर्नेछन्।
