नेपालीसँग माफी माग्दै नेपाल आउने तयारीमा कपिल शर्मा


Kapil-Sharma-Said-Sorry-to-Nepalग्ल्यामर नेपाल, काठमाडौँ ।
नेपाल आउने तयारीमा रहेका भारत सहित नेपालमा समेत लोकप्रिय टीभी शो कमेडी नाइट्स विथ कपिलका होस्ट कपिल शर्माले नेपालीहरु सँग ट्वीटर मार्फत माफी मागेका छन्। उनले एक वर्षअघिको उनको शोमा सगरमाथा भारतमा छ भनेर गल्ति गरेको स्वीकार्दै माफी मागेका हुन्। कपिलले २०१३ नोभेम्बरमा सिड्नीमा छायांकन भएको शोमा सगरमाथा भारतमा पर्छ भनेका थिए।

बुधबार साँझ ट्वीट गर्दै कपिलले भने “मेरो एउटा शोमा मैले माउन्ट एभरेस्ट भारतमा छ भनेर भनेको छु। मेरो मनसाय नेपालीहरुको भावनामा चोट पुर्‍याउनु थिएन। मैले चोट पुर्‍याएको भए माफी चाहन्छु।”

उनि मंसिर २७ मा हुन लागेको एक कार्यक्रमका लागि नेपाल आउंदै छन्।

Kapil-Shamra-Twitt