अनमोल केसीले छाडे हेमराज बिसिको ‘ग्याङस्टार ब्लुज’


ग्ल्यामर नेपाल,
हेमराज बिसीको नयाँ फिल्म ‘ग्याङस्टार ब्लुज’मा अनमोल केसी नखेल्ने भएका छन्। आफ्नो बुबा नायक भूवन केसीले निर्माण गर्न लागेको नयाँ फिल्मसँग हेमराजको फिल्मको समय जुधेपछि अनमोलले यो प्रोजेक्ट छाडेका हुन्। अनमोलका लागि हेमराज बिसी लक्की निर्देशक मानिन्छन्। किनभने हेमराज बिसी निर्देशित फिल्म “होस्टेल” बाट उनले नेपाली फिल्मी बजारमा पाईला हालेका हुन्। सोहि फिल्म बाट एका एक नेपाली फिल्मी स्टार बनेका अनमोललाई बिसीकै अर्को फिल्म “जेरी” ले अझ माथि पुर्‍याइदियो।

Anmol-Kc-Son-of-Bhuban-kc

Actor Anmol KC

अनमोलले बिसिको ‘ग्याङस्टार ब्लुज’का लागि लिएको संझौता रकम समेत फिर्ता गरेर प्रोजेक्ट छाडेका हुन्। नायक भूवन केसीले भने आफ्नो होम प्रडक्सनले निर्माण गर्न लागेको फिल्म ‘ड्रिम्स’ सकिएपछि मात्र अरु फिल्महरुमा अनमोल अभिनय गर्न तयार रहेको बताएका छन्।

बिसीले आफ्नो नयाँ फिल्म ‘ग्याङस्टार ब्लुज’को छायांकन फागुन महिनाबाट सुरु गर्ने भएका छन्। ‘ग्याङस्टार ब्लुज’मा बैंकर रबिना देसराजका छोरा पनि देखिने भएका छन्। नायक भूवन केसी पनि आफ्नै निर्देशनमा चलचित्र ‘ड्रिम्स’को छायांकन फागुन १० गतेबाट गर्दैछन्। अनमोललाई लक्की निर्देशकको फिल्म छाड्दा उनको फिल्मी करिअरमा घाटा हुन्छ या फाइदा हुन्छ, केहि समय प्रतीक्षा गर्नु पर्ने भएको छ।