साल्टलेक सिटी च्याप्टर अध्यक्षमा अभिनेत्री जल शाह


अमेरिका। नेपाली अमेरिकन कलाकार सँघ नर्थ अमेरिकाद्वारा साल्ट लेक सिटी च्याप्टर अध्यक्षमा नायिका जल शाहलाई मनोनित गरिएको छ। लामो समयदेखि नेपाली सिने जगतमा बिशेष योगदान दिनुहुने नायिका शाहलाइ संघको बोर्ड मिटिंगले सर्बसम्मतिबाट सम्मानपुर्बक मनोनित गरेको हो। नोभेम्बर १६ सोमबारका दिन एक कार्यक्रम गरि सँघका न्युयोर्क च्याप्टर संयोजक यम बरालले शाहलाइ प्रमाणपत्र प्रदान गर्नुभयो।
saltlake city chapter president

प्रमाणपत्र ग्रहण गर्दै नायिका शाहले संघलाइ आफुले सक्दो रुपमा विस्तार गर्ने बताउनु भयो। सो कार्यक्रममा नायिका शाहलाइ खादा ओढाई सम्मान गर्नुका साथै नेपाली सुगम संगीतका बरिष्ठ गायक रामकृष्ण ढकाल,बरिष्ठ हास्य कलाकार मनोज गजुरेल, निर्देशकरसन्चारकर्मी शुरेश दर्पण पोखरेल,सन्चारकर्मी तथा अभिनेता सरोज केसी, चर्चित डिजे डिजे तेञ्जिङ्गलाई स्वागत गरेको छ।

Actress Jal Shah in USAकार्यक्रमसँगै संस्थाका निबर्तमान अध्यक्ष गम्बु शेर्पाले नब निर्वाचित अध्यक्ष सुमन बुढा मगरलाई अध्यक्षको सम्पुर्ण जिम्मेवारी हस्तान्तरण गर्दै कार्यकालको सफलताको शुभकामना दिनुभयो। संस्थाको केन्द्रीय अध्यक्ष सुमन बुढ़ामगरले आगामी दिनमा नेपाली कला संस्कृतिको संरक्षण र न्यूयोर्कमा नेपाली कलागृहको स्थापना आफ्नो कार्यकालको पहिलो प्राथमिकता रहेको बताउनु भयों। संस्थाका गतिविधिहरुको सकारात्मक मुल्याँकन गर्दै सुझाव सल्लाह सहित सबै अतिथीहरुले मन्तब्य दिनुभयो।

स्वागत मन्तब्य बरिष्ठ ऊपाध्यक्ष बिक्रान्त बस्नेतले दिनुभएको सो कार्यक्रमको सन्चालन नब निर्वा्चित महासचिव अभय ढुँगेलले गर्नुभएको थियो। कार्यक्रममा संस्थाका पदाधिकारी लगायत बरिष्ठ गायकहरु जगदीश समाल,राम श्रेष्ठ,कर्मा शेर्पा,पुजा न्यौपाने,सच्चि मैनाली आदिको ऊपस्थिती रहेको मिडिया संयोजक बिमल डाँगीले जानकारी दिनु भएको छ।