नायक दिक्पाल कार्की च्याम्पियन क्रिकेटरका रुपमा दर्शकमाझ – भिडियो


फिल्म ‘रंग बैजनी’बाट रजतपटमा डेब्यु गरेका नायक दिक्पाल कार्की क्रिकेटरका रुपमा दर्शकमाझ आउने भएका छन्। प्रेम कथा र एक्सनपूर्ण फिल्म निर्माणको क्रम बढिरहेका बेला निर्माता कृष्णप्रसाद पोखरेलले खेलकुदलाई प्राथमिकता दिँदै क्रिकेटको विषयलाई प्रस्तुत गरेर निर्माण गरेको फिल्म ‘च्याम्पियन’ मा उनी क्रिकेटर देखिन लागेका हुन्।

Actor Dikpal Karkiफागुन १४ गतेबाट प्रदर्शनमा आउने यो फिल्मले राजधानीमा पत्रकार सम्मेलन गर्दै ट्रेलर र गीत सार्वजनिक गरेको छ। फिल्ममा प्रमुख कलाकार दिक्पाल कार्कीले क्रिकेटर बन्नका लागि गरेको संघर्ष र सफलताको कथा प्रस्तुत गरिएको छ। फिल्मको ट्रेलर सार्वजनिक गर्दै नेपाली राष्ट्रिय क्रिकेट टिमका क्याप्टेन पारस खड्काले नेपालले विश्वकप क्रिकेट खेलेपछि यसमा सिंगो नेपालीको क्रेज बढेको दाबी गर्दै फिल्मको माध्यमबाट खेलकुदको विकास गर्नुपर्ने आवश्यकता औंल्याए। बीबी फुयाँलको निर्देशनमा रीता पोख्रेलको पनि निर्माण सहकार्य छ।

फिल्ममा दिक्पालसहित मन्जिता केसी, जेएन घिमिरे, जगत टमाटा, शारदा आचार्य, साहिल खान, रगिस फुयाँल, ऋतिक रोशन घिमिरे, अक्की शर्मा, कृष्ण कोइराला, अलविना फुँयाल, अरुण खड्का, रविन्द्र गुप्तासहित नेपाली यू–१९ का खेलाडी रिवाज कोइरालाको अभिनय छ।

अभिनेता दिक्पालले फिल्ममा आफूले निकै गाह्रोपूर्ण तरिकाले काम गरेको बताए । फिल्ममा पवन गौतमको छायांकन, मुभी फ्याक्ट्रीको सम्पादन, कृष्ण पोखरेलको कथा तथा गीत छ।