छुल्ठिम र सन्नीको प्रेममा रेखा थापा भिलेन!

Nepali Movie Diarry: फिल्ममा छुल्ठिम गुरुङ, सन्नी सिंह र रेखा थापाको अभिनय छ। छुल्ठिम र सन्नीको मायाको संसारमा रेखाको प्रवेश भएसंगै आउने उतार चढावलाई फिल्मले उजागर गर्ने छ।


नेपाली फिल्म डायरीको टिजर हालै रिलिज गरिएको छ। फिल्ममा छुल्ठिम गुरुङ, सन्नी सिंह र रेखा थापाको अभिनय छ। छुल्ठिम र सन्नीको मायाको संसारमा रेखाको प्रवेश भएसंगै आउने उतार चढावलाई फिल्मले उजागर गर्ने छ।

Nepali Movie DIARRY

छुल्ठिम इन्टरटेनमेन्ट र एयर क्रु प्रोडक्सनले संयुक्त रुपमा निर्माण गरेको यो फिल्मलाई अनिल योन्जनले निर्देशन गरेका हुन्। यस अघि अनिलले फिल्म ‘आवरण’ निर्माण गरेका थिय। फिल्म ‘नोभेम्बेर रेन’ मार्फत डल्लीको उपनाम पाएकी अभिनेत्री छुल्ठिम गुरुङ यो फिल्मको निर्मात्री हुन्। अभिनेत्री रेखा थापा यो फिल्ममा पहिलो पटक भिलेनको रुपमा देखिएकी छिन।

फिल्मको टिजर (भिडियो) हेर्न यहाँ क्लिक गर्नुहोस्।

फिल्ममा रुपा राणा, बिनोद पौडेल, दिनेश डिसी लगायतका कलाकारहरुको पनि अभिनय छ। छेतेन गुरुङको कथामा निर्माण भएको फिल्मलाई शिव राम श्रेष्ठले खिचेका हुन् भने हुन् भने प्रविन श्रेष्ठले सम्पदान गरेका छन्।आउदो चैत्र महिनामा फिल्मको प्रदर्शन हुने बताईएको छ।