देशका ११ शहरमा गुञ्जियो ‘प्रेम गीत २’


साउन १३ गते बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रेमगीत २’न निर्माण युनिट फिल्म प्रमोशनकालागी देशका विभिन्न स्थान पुग्यो। दमौली देखि शुरु भएको सांगीतिक यात्रा नेपालगन्ज हुँदै बिर्तामोड सम्म पुग्दा २ हप्ता लाग्यो। दमौली, पोखरा, नेपालगंज, बुटवल, नारायणगढ, हेटौंडा, बिराटनगर, दमक, धरान, इटहरी हुँदै बिर्तामोडमा पुगेर फिल्मको प्रमोशन सांगीतिक टुर सकियो। अब यो फिल्मका कलाकारहरु काठमाडौं, ललितपुर र भक्तपुरमा प्रेमगीत गुञ्जाउन तयार छन्।

भिडियो : ‘कार्टुन्ज क्रु’ सँग कम्मर मार्काउदै ‘प्रेम गीत २’ कि हिरोईन

‘हामी कन्सर्टमार्फत वास्तविक दर्शकसामु पुग्न चाहन्थ्यौं’ फिल्मका निर्माता एवं कलाकार सन्तोष सेन भन्छन्, ‘एघार सहरमा हामीले दर्शकहरुको एउटै मन पायौं, दर्शकहरु प्रेमगीत २ बाट स्तरिय मनोरन्जन चाहन्छन्।’

भिडियो : प्रेम र गीतको प्रेममा कसले गर्यो अबरोध ?

यौ दौडाहामा प्रदीप खड्का र अश्लेषा ठकुरीसँग सयौं सेल्फी खिचिए। प्रदिप र आस्लेसाले असारे झरीको पर्वाह नगरी दर्शकहरुलाई मनोरंजित तुल्याए। फिल्मका हिरो प्रदीपले ‘दर्शकहरुसँग प्रत्यक्ष घुलमिल हुन पाउँदा आफुलाई खुशी लागेको बताए। ‘फिल्मलाई लिएर दर्शकहरुको कौतुहलता फिल गरेँ। यसले ममा थप दायित्वको समेत बोध गराएको छ।’- उनले भने।

रारा ताल वरपरको सौन्दर्यमा ‘प्रेमगीत २’ को गीत – विस्तारै विस्तारै…

अश्लेषा ठकुरीलाई मोफसलको मायाले निकै बाँध्यो। ‘वास्तवमा दर्शकप्रति आभारी छु। मेरा लागि यो जान्ने, सिक्ने र समाज पढ्ने मौका पनि थियो’ आस्लेसाले भनिन्। फिल्मभित्र उनी बर्मेली युवतीको भूमिकामा प्रस्तुत भएकी छन्। नेपाल, थाइल्यान्ड र म्यानमारमा छायांकन गरिएको यो फिल्मलाई रामशरण पाठकले निर्देशन गरेका हुन्।