पचास देशका ४ सय पर्दामा छाउँदै अक्षय – सोनाक्षी


akshay-sonakshi
बलिउडमा खेलाडी कुमारले परिचित स्टन्टम्यान नायक अक्षय कुमार र दबंग गर्ल सोनाक्षी सिन्हा अभिनित प्रतिक्षित फिल्म ‘होलिडे–ए सोल्जर इज नेवर अफ ड्युटी’ करिब ५० देशमा एकसाथ रिलिज हुने भएको छ। फिल्म आगामी जुन ६ मा रिलिज हुँदैछ।

सञ्चारमाध्यमका अनुसार यी ५० देशमध्ये केही देश बलिउडका लागि नयाँ बजार पनि हो। यो फिल्म ४ सय अन्तर्राष्ट्रिय पर्दामा प्रदर्शन गरिनेछ । यो फिल्म सर्वाधिक बढी पर्दामा रिलिज हुने अक्षय कुमारको पहिलो फिल्म हुने बताइएको छ।

रिलायन्स एन्टरटेनमेन्टका अनुसार कम्पनीले फिल्मको लागि ओभरसिज मार्केटलाई बढाइरहेको छ। फिल्म एशिया र युरोपको नयाँ क्षेत्रमा पनि रिलिज हुँदैछ। यो फिल्म स्पेनमा पहिलोपटक देखाइदैछ भने भियतनामको लागि पनि यो पहिलो नै हुनेछ। दक्षिण अफ्रिकाको उत्कृष्ठ प्रदर्शकसँग पनि फिल्म प्रदर्शनको लागि कुराकानी भइरहेको कम्पनीले जनाएको छ। प्रितमले संगीत दिएको फिल्ममा गोविन्दालाई पनि देख्न सकिनेछ।