नाइँ नभन्नु लकी चञ्चले हिरोइन ऋचासिंह ठकुरी अचेल कता छिन् भन्ने पत्तो छैन। उनको फिल्म रिलिज नभएको पनि वर्ष दिन बित्न लागिसक्यो। आक्कलझुक्कल म्युजिक भिडियोमा भने उनलाई देख्न पाइन्छ। तैपनि, कुनै चर्चा छैन। नाइँ नभन्नु ल हिट भए पनि त्यसपछिका कुनै फिल्मबाट उनले कमाल देखाउन सकिनन्। अन्य निर्माता/निर्देशकले पनि पत्याएनन्। काम नपाएपछि उनी सांस्कृतिक कार्यक्रममको सिलसिलामा केही वर्षअगाडि दुबई पुगिन्। त्यसपछि दुबईले कति मोहनी लगाएछ भने अचेल प्रायःजसो दुबईमै हुन्छिन्। नाच्न सिपालु भएकाले दुबईमा राम्रो कमाइ हुने भएपछि उनी उतै रमाउन थालेको चर्चा छ। तर, करअिर बनाउनभन्दा पैसा कमाउनतिर लागेपछि ऋचाको भविष्य कस्तो होला ? आफैँ अनुमान गर्नूस्। – नेपाल साप्ताहिक
होम » फिल्मी न्युज / गसिप » नायिका ऋचाको दुबई मोह
थप पोस्टहरू हेर्नुहोस्
सम्बन्धित पोस्टहरु
‘पूर्णबहादुरको सारङ्गी’पछि सरोज पौडेलको नयाँ फिल्म ‘सिन्दुरे जात्रा’को छायांकन सुरु
निर्देशक सरोज पौडेलले ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारङ्गी’पछि नयाँ चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन सुरु गरेका छन्। विजय बराल, अञ्जना बराइली र विनोद...
पढाइ, दबाब र बालमनोविज्ञानको कथा बोकेको ‘रोल नं १’को ट्रेलर रिलिज
नेपाली चलचित्र ‘रोल नं १’को ट्रेलर सार्वजनिक भएको छ। बालमनोविज्ञान, शैक्षिक दबाब र समाजको सोचलाई केन्द्रमा राखिएको फिल्म जेठ १५ गते प्रदर्शनमा आउनेछ।
अशोक दर्जीसँग भावनात्मक कथामा नीता ढुंगाना, ‘पार्वती’को पोस्टर सार्वजनिक
अभिनेत्री नीता ढुंगानाको डेब्यु निर्देशकीय फिल्म ‘पार्वती’को पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा नीताको फरक अवतार र अशोक दर्जीसँगको भावनात्मक सम्बन्धले...
‘एक मुठ्ठी बादल’ को प्रीमियर, बेहुली अवतारमा देखिइन् आँचल शर्मा
आँचल शर्मा अभिनीत नेपाली फिल्म ‘एक मुठ्ठी बादल’ को काठमाडौंमा भव्य प्रीमियर सम्पन्न भएको छ। महिलाका भावना, सामाजिक अपेक्षा र विवाहसँग जोडिएका अनुभवलाई फिल्मले...
कान्समा इतिहास रच्दै नेपाली फिल्म ‘तिनीहरू’ Elephants in The Fog को विश्वव्यापी यात्रा सुरु
कान्स फिल्म महोत्सवको ‘अन सर्टेन रिगार्ड’ विधामा प्रिमियर हुन लागेको नेपाली फिल्म ‘तिनीहरू’ (Elephants in the Fog) ले अन्तर्राष्ट्रिय वितरण सम्झौता गरेको छ।...
४३ वर्षपछि ‘जीवनरेखा’को विशेष प्रदर्शन, ‘ओल्ड इज गोल्ड’ अभियान सुरु
४३ वर्षअघि प्रदर्शन भएको नेपाली फिल्म ‘जीवनरेखा’ नारायणघाटमा विशेष रूपमा प्रदर्शन गरिएको छ। चलचित्र विकास बोर्डले पुराना नेपाली फिल्म नयाँ पुस्तासम्म...
टंक बुढाथोकीको ‘मन विनाको धन २’मा अभिनेत्री पूजा शर्मा फाइनल
गत वर्षको हिट फिल्म ‘मन विनाको धन’को सिक्वेल ‘मन विनाको धन २’ निर्माण हुने भएको छ। फिल्ममा अभिनेत्री पूजा शर्मा मुख्य भूमिकामा अनुबन्धित भएकी छन्।
पारिवारिक सम्बन्धको उतारचढाव देखाउँदै ‘काजी’ फिल्मको ट्रेलर रिलिज
बिपिन कार्की र केकी अधिकारी अभिनीत नेपाली फिल्म ‘काजी’को ट्रेलर सार्वजनिक गरिएको छ। पारिवारिक सम्बन्ध र भावनात्मक उतारचढावमा आधारित फिल्म आगामी मे २२ देखि...
बलिउड गायक कैलाश खेरको आवाजमा नेपाली फिल्म ‘I Am Jit Bahadaur’ को गीत
अभिनेता जितु नेपाल निर्मित चलचित्र ‘I Am Jit Bahadur’ को पहिलो गीत सार्वजनिक गरिएको छ। गीतमा चर्चित भारतीय गायक कैलाश खेरको स्वर रहेको छ।
‘मितज्यू’ ट्रेलरमा दया–सौगातको गज्जब केमेस्ट्री, तेरिया मगरको दमदार डेब्यु
दयाहाङ राई, सौगात मल्ल र तेरिया मगर अभिनीत नेपाली फिल्म ‘मितज्यू’को ट्रेलर सार्वजनिक भएको छ। गाउँको मितेरी साइनो, मित्रता, प्रतिस्पर्धा र संघर्षलाई फिल्मले...
दुई पुस्ताको कथा बोकेको ‘चिरञ्जीवी भव’को शुभमुहूर्त, जेठ १५ बाट सुटिङ सुरु
निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’को नयाँ चलचित्र ‘चिरञ्जीवी भव’को शुभमुहूर्त सम्पन्न भएको छ। हरिवंश आचार्य, प्रियंका कार्की, आशीर्वाद क्षेत्री लगायत कलाकार...
सुशील सिटौला र न्यान्सी खड्काको अभिनय रहने ‘अक्षरा’को औपचारिक छायांकन सुरु
निर्देशक विनयराज पौडेलको डेब्यु निर्देशन रहने नेपाली चलचित्र ‘अक्षरा’को औपचारिक छायांकन सुरु भएको छ। काठमाडौँबाट सुटिङ थालेको फिल्ममा सुशील सिटौला, न्यान्सी...
