गौरी मल्लदेखि रेखा थापासम्म, ‘ककाकिकी’को पोस्टरले फिल्मप्रति बढायो उत्सुकता

‘कमेडी दरबार’ टिमले निर्माण गरेको फिल्म ‘ककाकिकी’को रिलिज मिति तय गर्दै पोस्टर सार्बजनिक गरेको छ। पोस्टरमा गौरी मल्ल, रेखा थापा, महेश त्रिपाठी लगायत कलाकार फरक लुक्समा देखिएका छन्, जसले फिल्मप्रति उत्सुकता बढाएको छ।


Nepali Movie 'Ka Kaa Ki Kii' Poster: Rekha Thapa, Tripti Nadakar, Mahesh Tripathi & Gauri Malla

Nepali Movie ‘Ka Kaa Ki Kii’ Poster: Rekha Thapa, Tripti Nadakar, Mahesh Tripathi & Gauri Malla

‘कमेडी दरबार’ टिमले तयार गरेको फिल्म ‘ककाकिकी’ले पोस्टरसँगै आफ्नो रिलिज मिति सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको पोस्टरले नै फिल्मप्रति उत्सुकता बढाएको छ। पोस्टरमा गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा र महेश त्रिपाठी फरक–फरक क्यारेक्टर लुक्समा देखिएका छन्। उनीहरूको अनौठो अवतारले फिल्मको कथा रहस्यमय र सस्पेन्सले भरिएको हुने संकेत गर्छ।

पोस्टर मात्र हेर्दा पनि फिल्मको टोन सामान्य भन्दा फरक देखिन्छ। निर्माण टिमले यसअघि पनि क्यारेक्टर पोस्टर सार्वजनिक गरिसकेको थियो, जसले सुरुदेखि नै दर्शकमाझ राम्रो चर्चा पाएको थियो।

फिल्मलाई बिक्की अगरवाल र श्रद्धा प्रसाईं ले संयुक्त रूपमा निर्देशन गरेका हुन्। सहायक निर्देशन अनीश बुढाथोकी ले सम्हालेका छन्।

मुख्य कलाकारसँगै फिल्ममा दिया मास्के, शिशिर वाङ्देल, प्रकाश घिमिरे, माओत्से गुरुङ, रेअर राई, खड्ग बहादुर पुन मगर (खबपु), सुवर्ण थापा, सुभाष गजुरेल, मनोज गजुरेल र एलिसा भोग लगायतको पनि अभिनय रहेको छ।

फिल्मको कन्सेप्ट सुमन अगरवाल को हो भने लेखनमा बिक्की अगरवाल, विकास अर्याल, सरोज भण्डारी र विश्वास तिमल्सिना रहेका छन्। छायांकन सुदीप बरालको टिमले गरेको हो।

पोस्टर र कलाकारहरूको लुक्सले ‘ककाकिकी’लाई अहिले नै चर्चामा ल्याइसकेको छ। अब भदौ १९ मा फिल्मले दर्शकमाझ कस्तो प्रभाव पार्छ भन्ने हेर्न बाँकी छ।


यो पनि पढ्नुहोस्: फरक लुक्समा जितु नेपाल:‘कार्की साइँला’को पोस्टर सँगै प्रदर्शन मिति सार्वजनिक


SUBSCRIBE 👉