चलचित्र ‘रोल नं १’को टाइटल गीत रिलिज, शिक्षा प्रणालीमाथि गहिरो प्रहार

चलचित्र ‘रोल नं १’को टाइटल गीत सार्वजनिक भएको छ। गीतले नेपाली शिक्षा प्रणाली र विद्यार्थीमाथि पर्ने दबाबलाई केन्द्रमा राख्दै सामाजिक यथार्थ प्रस्तुत गरेको छ।


Rural School Story “Roll No. 1” Released, Highlights Pressure in Education System

नेपाली शिक्षा प्रणाली र बालमनोविज्ञानलाई केन्द्रमा राखेर बनेको चलचित्र ‘रोल नं १’ को टाइटल गीत रिलिज गरिएको छ। सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको यो फिल्म जेठ १५ गते (गणतन्त्र दिवस) देखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।

गीतमा Prashant Shiwakoti को शब्द, संगीत र स्वर रहेको छ। टाइटल सङमार्फत फिल्मले उठाएको मुख्य विषय शिक्षा प्रणालीभित्रको प्रतिस्पर्धा र बालबालिकामाथि पर्ने मानसिक दबाब स्पष्ट रूपमा झल्किन्छ।

गीतले विद्यालय तहमा हुने ‘र्याङ्किङ’ संस्कृतिमाथि गम्भीर प्रश्न उठाएको छ। “अरू सबै मुर्ख, एउटै मात्र विद्वान” जस्ता शब्दमार्फत पहिलो हुने विद्यार्थीलाई मात्र सम्मान दिने सामाजिक सोचमाथि कडा व्यंग्य गरिएको छ।

फिल्मको कथाले ग्रामीण भेगका एक बालकको जीवनलाई केन्द्रमा राख्छ। पढाइसँगै उसले भोग्ने दबाब, सपना र स्वतन्त्रताबीचको संघर्षलाई गीत र दृश्यले उजागर गरेको छ। मैनबत्तीको उज्यालोमा पढ्न बाध्य बालकदेखि साथीहरूसँग खेल्ने उसको रहर दबिएको दृश्यसम्म भिडियोले भावनात्मक प्रभाव दिन्छ।

गीतको भिडियोमा हिमाली भेगको सुन्दर दृश्य, ढुंगाले बनेका परम्परागत घर र ग्रामीण विद्यालय जीवनलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ। ‘रट्टा मार’ संस्कृतिमाथि व्यंग्य गर्दै फिल्मले बुझाइभन्दा घोकाइलाई प्राथमिकता दिने प्रवृत्तिको आलोचना गरेको छ।


‘रोल नं १’को टाइटल भिडियो गीत हेर्न यहाँ क्लिक गर्नुहोस्


निर्देशकका अनुसार फिल्मले “हरेक विद्यार्थीको कथा” भन्ने सन्देश बोकेको छ। जेठ १५ मा रिलिज हुने ‘रोल नं १’ले शिक्षा प्रणालीको गहिरो यथार्थ पर्दामा उतार्ने प्रयास गरेको छ।

Jon Yonjan को निर्देशनमा बनेको फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी र सिर्जना अधिकारी मुख्य भूमिकामा छन्। बाल कलाकारहरूमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठ रहेका छन्।

चलचित्रका निर्माता विनोद पौडेल र जान्वी पौडेल हुन् भने सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन्। महेश दवाडीले लेखेको कथा हिमाली जिल्ला म्याग्दीका विभिन्न स्थानमा छायांकन गरिएको हो।

प्राविधिक पक्षमा शिवराम श्रेष्ठको छायांकन, रोहित शाक्यको BGM, मदन घिमिरेको सम्पादन र कला संग्रौलाको प्रोडक्सन डिजाइन रहेको छ।

फिल्मलाई रिच इन्टरटेन्मेन्ट र जेएम सिनेमाले वितरण गर्दैछन्। नेपालसँगै विदेशमा पनि एकसाथ प्रदर्शन गर्ने तयारी गरिएको छ।


यो पनि पढ्नुहोस् : ८ वर्ष पछि रेखा थापाको निर्देशनमा ‘माया भनेकै यस्तो होला’ प्रदर्शन मिति तय


SUBSCRIBE 👉