सलिन मान बनियाँको ‘युनिभर्सिटी अफ गुण्डाज’बाट जापानकी मीना योशीदा गुरुङ्गको डेब्यु

सलिन मान बनियाँको कमब्याक फिल्म ‘युनिभर्सिटी अफ गुण्डाज’मा जापानकी मीना योशिदा गुरुङ्ग अनुबन्ध भएकी छन्। फर्स्ट लुकपछि चर्चामा रहेको फिल्ममा सलोन बस्नेत पनि मुख्य भूमिकामा देखिनेछन्।


Salin Man Bania and Meena Yoshida Gurung

अभिनेता सलिन मान बनियाँ नयाँ चलचित्र ‘युनिभर्सिटी अफ गुण्डाज’ (UOG) मार्फत ठूलो पर्दामा कमब्याक गर्ने तयारीमा छन्। तर, फिल्म घोषणा भएसँगै दर्शकमाझ सबैभन्दा धेरै चासोको विषय बनेको छ, सलिनमानको नयाँ जोडी को हुन् ?

सान्भी इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भइरहेको यस चलचित्रमा सलिनमानको अपोजिटमा नेपाली-जापानी पृष्ठभूमिकी मीना योशिदा गुरुङ्ग अनुबन्ध भएकी छन्। निर्माण टिमले उनलाई औपचारिक रूपमा फिल्मकी मुख्य अभिनेत्रीका रूपमा भित्र्याइसकेको छ।

मीना हाल जापानमा बस्दै आएकी छन्। उनका बुवा नेपाली र आमा जापानी हुन्। यही कारण पनि उनीप्रति दर्शकको उत्सुकता झन् बढेको देखिन्छ। निर्माण पक्षले हालसम्म उनको अभिनय यात्रा, अनुभव तथा अन्य व्यक्तिगत विवरण भने सार्वजनिक गरेको छैन।

Salin Man Bania’s Film ‘University of Gundas’ Introduces New Actress Meena Yoshida Gurung

केही समयअघि सार्वजनिक गरिएको चलचित्रको ‘फर्स्ट लुक’ टिजर भिडियोले फिल्मलाई लिएर दर्शकमाझ सकारात्मक चर्चा सिर्जना गरिसकेको छ। पोस्टरमा देखिएको सलिनमानको फरक अवतार र स्टाइलले फिल्म युवापुस्तालाई लक्षित एक्सन ड्रामा हुने संकेत दिएको छ।

विशेष कुरा के छ भने, यो चलचित्रको कथा स्वयं सलिन मान बनियाँले लेखेका हुन्। चलचित्रलाई निर्देशक सुरेश न्यौपानेले निर्देशन गरिरहेका छन्। फिल्ममा सलिन मान र मीनाका साथै अभिनेता सलोन बस्नेत पनि मुख्य भूमिकामा छन्।

निर्माण पक्षले हालसम्म अन्य कलाकार तथा प्राविधिक टिमको नाम सार्वजनिक गरेको छैन। फर्स्ट लुकप्रतिको दर्शक प्रतिक्रिया अध्ययन गरेपछि मात्र प्रदर्शन मिति घोषणा गर्ने तयारीमा निर्माण टिम रहेको बुझिएको छ।


यो पनि पढ्नुहोस्: दुई दशकपछि फेरि पर्दामा ‘गौँथली’, नयाँ संस्करणको पोस्टर सार्वजनिक


SUBSCRIBE 👉