‘काँटा लगा’ गर्लले गरिन् गुपचुप बिहे


Court-Marriage
बलिउडको चर्चित पुरानो गीत ‘काँटा लगा’ लाई रिमिक्स गरिएको गीतमा हट नृत्य गर्ने आइटम गर्ल शेफाली जरीवालाले आफ्नो प्रेमी पराग त्यागीसँग गुपचुप विवाह गरेकी छन् । लामो समयदेखि लिभिङ टुगेदर सम्बन्धमा रहेका उनीहरुले लिभिङ सम्बन्धलाई वैवाहिक सम्बन्धमा परिणत गरेका हुन् ।

पराग त्यागी हालैका दिनमा जी टीभीबाट प्रसारण हुने ‘जोधा अकबर’मा श्रीफुद्धिनको भूमिकामा अभिनय गरिरहेका छन् । ‘मैले र परागले मंगलबार कोर्ट म्यारिज गरेका हौं, उक्त क्षण निकै रोमान्टिक र उत्सुकतापूर्ण थियो,’शेफालीले भनेकी छन्, ‘परागले तीन वर्ष अघि नै यसै दिनमा विवाह गर्ने प्रस्ताव राखेका थिए, त्यसकारण पनि म धेरै खुशी छु ।’ कोर्ट म्यारिजमा भने शेफालीको परिवार उपस्थित भएनन् । उनको परिवार दक्षिण अफ्रिकामा बस्दै आएका छन् । परागको परिवार भने दिल्लीमा रहेको छ ।

सन् २००२ मा ‘काँटा लगा’ गीतको म्युजिक भिडियोबाट चर्चामा आएपछि उनले २००४ मा फिल्म ‘मुझसे शादी करोगी’मा बिजलीको भूमिकामा अभिनय गरेकी थिईन् । उक्त फिल्ममा अक्षय कुमार र सलमान खान प्रमुख भूमिकामा थिए ।