दियाले कसिन लगनगाँठो


Diya-Mirajबलिउड अभिनेत्री दिया मिर्जाले शनिवार आफ्नो प्रेमी सलील साँगासँग लगनगाँठो कसेकी छन् । ३२ वर्षीया दियाले गत अप्रिलमा सलीलसँग इन्गेजमेन्ट गरेकी थिईन् । दुवैले आर्य संस्कृति अनुसार विवाह गरेका थिए ।

‘म अत्याधिक खुशी छु, यो आर्य समाजको सुन्दर समारोह थियो, हामीलाई कसमको अर्थ सम्झाईएको थियो ।’ उनले पत्रकारसँग भनेकी छन् । पूर्व मिस एशिया पेसिफिक दियाले रितु कुमारको डिजाइनमा बनेको पहिरन र सलीले राघवेन्द्र राठौडको डिजाइनको लुगा लगाएका थिए ।