
ग्ल्यामर नेपाल, काठमाडौं । सांगीतिक कथाबस्तु समेटिएको फिल्म ‘धुन’को हाल धमाधम सम्पादनको काम भइरहेको छ। कृष्ण पौडेलले निर्देशन गरेको फिल्मले सुटिङ सकाएपछि पोष्टप्रोडक्सनको काम अनामनगरस्थित क्लासिकमा भइरहेको छ।
‘एउटा गायकले संगीतमा कतिसम्म संघर्ष गर्नुपर्छ भन्ने कथा फिल्मले प्रस्तुत गरेको छ ।’ निर्देशक पौडेलले भने । फिल्ममा जीवन लुइँटेल, निता ढुंगाना, मुकेश ढकाल, श्रेया दुलाल र उमा बेबीले प्रमुख भूमिकामा अभिनय गरेका छन् । तारा सितारा प्रोडक्सनको व्यानरमा निर्मित फिल्मका निर्माता विनोद भट्ट, मधुसुदन ढकाल, निर्मात्री श्रेया दुलाल र प्रस्तुतकर्ता सुशिल शाह र मालती शाह हुन्। फिल्मको प्रदर्शन मिति तय भएको छैन ।
