
Bijay Baral and Barsha Raut | a couple of Malati Mangale
वैशाख २५ गते रिलिजको तयारीमा रहेको फिल्म ‘मालती मंगले’ले आफ्नो तेस्रो गीत ‘झ्याम पारम’ सार्वजनिक गर्दै प्रचारलाई अझ तिब्रता दिएको छ। यसअघि ‘सुनैको सपनी’ र ‘ढुङ्गा माथि लेऊ’ सार्वजनिक भइसकेको छ। अब यो डान्सिङ नम्बरले दर्शकको ध्यान तान्ने पक्का छ।
गीतमा रामकृष्ण ढकाल र मेलिना राई को स्वर सुन्न सकिन्छ। दिग्गज गीतकार राजेन्द्र थापाको शब्द, राजनराज शिवाकोटीको संगीत र श्यामश्वेत रसाइलीको एरेन्जले गीतलाई अझ बलियो बनाएको छ।
भिडियो पक्ष अझ आकर्षक देखिन्छ। रोशन विश्वकर्माको कोरियोग्राफीमा तयार ‘झ्याम पारम’मा विजय बराल, वर्षा राउत र मेक्सम गौडेलको ईनर्जेटिक डान्स देखिन्छ। विशेष रूपमा चर्चित डान्सर सविन कार्की ‘बिस्ट’, एलिसा शर्मा र रोशित कर्माचार्य गेस्ट अपियरन्समा देखिएका छन्, जसले भिडियोमा थप चमक ल्याएको छ।
‘झ्याम पारम’ गीतको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
रङ्गीन सेटअप, आकर्षक कस्ट्युम र एनर्जेटिक मूभ्सले यो गीतलाई पूर्ण मनोरञ्जनात्मक बनाएको छ।
निर्देशक प्रकु पाण्डेयको यो फिल्म सामाजिक र मनोरञ्जनात्मक कथा बोकेको छ। कथा आफैं निर्देशकले लेखेका हुन् भने पटकथा र संवाद संयोग गुरागाईंले तयार पारेका छन्।
फिल्ममा प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला लगायतका अनुभवी कलाकारसँगै नयाँ पुस्ताको बलियो टिम देखिन्छ।
यो पनि पढ्नुहोस् :
‘World of Dance Nepal 2026’ घोषणा: Terence Lewis ग्रान्ड जज, देशभर अडिसन
