बाबुको संघर्षको कथा बोकेको ‘बाः एक योद्धा’को खुल्यो नयाँ रहस्य

लामो समयसम्म गोप्य राखिएको ‘बाः एक योद्धा’को कास्ट सार्वजनिक हुन थालेको छ। Divya Dev Panta लिड भूमिकामा देखिने भएका छन् भने Jharana Thapa र Suhana Thapa आमा–छोरीकै भूमिकामा पर्दामा देखिँदैछन्।


Actor Divya Dev Panta | Nepali Movie Ba: Ek Yoddha

शुरुदेखि नै रहस्यमा राखिएको फिल्म, अन्तिमतिर आएर एक एक गर्दै खुल्दै गइरहेको छ। चलचित्र ‘बाः एक योद्धा’ले अब आफ्नो असली अनुहार देखाउन थालेको छ। छायांकन सुरु भएदेखि नै कलाकारको नाम गोप्य राख्दै आएको निर्माण टिमले अन्ततः मुख्य पात्र सार्वजनिक गर्न थालेको हो।

यसैक्रममा अभिनेता Divya Dev Pant लाई मुख्य भूमिकामा अनुबन्ध गरिएको औपचारिक जानकारी दिइएको छ। तर, उनी फिल्ममा कस्तो भूमिकामा देखिनेछन् भन्ने कुरा अझै पनि सस्पेन्समै राखिएको छ।

गत चैत ९ गतेबाट सुरु भएको छायांकन सुरुवातदेखि नै ‘कास्ट सिक्रेट’ का कारण चर्चामा थियो। तर केही दिनअघि सेटबाट सार्वजनिक भएका तस्बिरहरूले अर्को ठूलो सरप्राइज दिए। अभिनेत्री Jharana Thapa र उनकी छोरी Suhana Thapa पहिलोपटक एउटै फिल्ममा देखिँदैछन्। अझ रोचक कुरा, पर्दामा पनि उनीहरू आमा छोरीकै भूमिकामा प्रस्तुत हुँदैछन्।

फिल्मलाई निर्देशन गरेका छन् चर्चित संगीतकार Hari Lamsal ले, उनले यो प्रोजेक्टबाट निर्देशनमा डेब्यु गरेका हुन्। दशकौ देखि संगीत क्षेत्रमा सक्रिय लम्सालले यसपटक कथा, भावना र समाजको गहिरो पाटोलाई पर्दामा उतार्ने प्रयास गरेका छन्। कथा र पटकथा पनि उनले आफैं तयार पारेका हुन्।

‘बाः एक योद्धा’ नामले नै संकेत गरेझैं, फिल्म एक बाबुको संघर्षको कथा हो। आफ्नो सन्तानको भविष्यका लागि जीवनभर गरेको त्याग, दुःख र निस्वार्थ प्रेमलाई केन्द्रमा राखेर कथा अघि बढ्छ। निर्देशकका अनुसार, यो केवल फिल्म होइन। बुबाको अस्तित्व र मूल्यलाई सम्झाउने भावनात्मक यात्रा हो।

‘आर्टिस्टिक इन्टरटेनमेन्ट’ ब्यानरमा निर्माण भइरहेको फिल्मका निर्माता वसन्त लम्साल हुन्। छायांकन Shivaram Shrestha ले गरिरहेका छन् भने मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने छन्। काठमाडौंका विभिन्न स्थानमा अहिले फिल्मको अन्तिम चरणको सुटिङ भइरहेको छ।

निर्माण टिमको योजना स्पष्ट छ: छायांकन सकिएपछि मात्र पोस्ट प्रोडक्सनको काम हेरेर रिलिज मिति घोषणा गर्ने। अहिलेका लागि भने एउटा कुरा पक्का छ, ‘बाः एक योद्धा’ भावनाले भरिएको कथा लिएर आउने तयारीमा छ।


यो पनि पढ्नुहोस्: बक्स अफिसमा चम्कियो ‘राम नाम सत्य’, फिल्मको कमाई कति ?


SUBSCRIBE 👉