लोक फ्लेभरमा ‘मितज्यू’को गीत रिलिज, सौगात र दयाहाङको दमदार नृत्य

फिल्म ‘मितज्यू’को दोस्रो गीत ‘भुनभुन माहुरी’ सार्वजनिक भएको छ। गीतमा सौगात मल्ल, दयाहाङ राई र रुषा न्यौपानेको आकर्षक नृत्य र प्रेम त्रिकोण देखाइएको छ।


Dayahang Rai, Rusha Neupane and Saugat Malla

रिलिज मिति नजिकिँदै जाँदा फिल्म ‘मितज्यू’को प्रचार प्रसार तीव्र बनेको छ। यसैक्रममा निर्माण टिमले दोस्रो गीत ‘भुनभुन माहुरी’ सार्वजनिक गरेको छ।

सार्वजनिक गरिएको गीतमा Saugat Malla, Dayahang Rai र Rusha Neupane को आकर्षक नृत्य देख्न सकिन्छ। गीतले तीन पात्रबीचको मायाप्रेम र भावनात्मक सम्बन्धलाई जीवन्त रूपमा प्रस्तुत गरेको छ।

लोकलयमा आधारित गीतका शब्द, संगीत र स्वर Shrikrishna Bam Malla का हुन् भने महिला स्वरमा लक्ष्मी मल्लले साथ दिएकी छन्। गीतको भिडियोमा निङ्मा डी लेप्चाको कोरियोग्राफी रहेको छ, जसले दोहोरी संस्कृतिलाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ। ग्रामीण परिवेशमा छायांकन गरिएको भिडियोमा दोहोरी साँझको माहोल, नाचगान र जीवन्त वातावरण देखिन्छ।


मितज्यू’को नयाँ गीत ‘भुनभुन माहुरी’ भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्


फिल्ममा Dayahang Rai, Saugat Malla र Teriya Magar सहित थुप्रै कलाकारहरूको अभिनय रहेको छ। यही फिल्ममार्फत तेरिया मगरले अभिनेत्रीका रूपमा डेब्यु गरेकी हुन्।

Anil Budha Magar को निर्देशनमा बनेको ‘मितज्यू’ ग्रामीण परिवेशमा आधारित कथा बोकेको फिल्म हो, जसले प्रेम, सम्बन्ध र जीवनका विविध पाटाहरूलाई प्रस्तुत गर्नेछ।

जीएम मुभिज प्रोडक्सनको ब्यानरमा बनेको फिल्म आगामी जेठ ८ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ। यसअघि सार्वजनिक ‘गैराघरे काँइली’ गीतले राम्रो चर्चा पाएपछि ‘भुनभुन माहुरी’ले पनि फिल्मप्रति उत्साह झन् बढाएको छ।


यो पनि पढ्नुहोस्:
जितु नेपालको ‘आइ एम जीत बहादुर’, कलाकार बन्ने सपनाको कथा!


SUBSCRIBE 👉