कान्समा इतिहास रचेको फिल्म Elephants in the Fog ‘तिनीहरू’ अब नेपालको सिनेमा घरहरुमा

कान्स फिल्म फेस्टिभलको Un Certain Regard विधामा Jury Prize जितेको नेपाली फिल्म Elephants in the Fog / तिनीहरू २०८३ भदौ १९ देखि नेपालभरका हलहरूमा प्रदर्शन हुने भएको छ।


कान्स फिल्म फेस्टिभलमा ऐतिहासिक सफलता हासिल गरेको नेपाली फिल्म Elephants in the Fog ( तिनीहरू) अब नेपाली दर्शकमाझ आउने भएको छ। अबिनाश बिक्रम शाह निर्देशित यो फिल्म २०८३ भदौ १९ गते, अर्थात् २०२६ सेप्टेम्बर ४ देखि नेपालभरका हलहरूमा प्रदर्शनमा आउने तय भएको छ।

अबिनाश बिक्रम शाहको यो फिल्मले कान्स फिल्म फेस्टिभलमा २०२६ को Un Certain Regard विधामा Jury Prize जितेको थियो, जुन नेपाली सिनेमाका लागि ऐतिहासिक उपलब्धि मानिएको छ।

फिल्मको कथा जंगली हात्तीहरू बस्ने जंगल नजिकको एक नेपाली गाउँमा आधारित छ। कथाको केन्द्रमा छिन् पिराती, किन्नर समुदायकी मातृ पात्र। उनी आफ्नो प्रेमीसँग नयाँ जीवन सुरु गर्ने सपना देख्छिन्। तर, समुदायकी एक छोरी हराएपछि उनको व्यक्तिगत चाहना र समुदायप्रतिको जिम्मेवारीबीचको संघर्ष सुरु हुन्छ।

यो फिल्म केवल एउटा अन्तर्राष्ट्रिय पुरस्कार जितेको फिल्म मात्र होइन, नेपाली समाजका कम सुनेका आवाज र पहिचानलाई विश्व मञ्चमा पुर्‍याएको सिनेमा पनि हो। Reuters ले पनि फिल्मलाई नेपालको ट्रान्सजेन्डर समुदायमाथि केन्द्रित कथाका रूपमा उल्लेख गर्दै कान्समा पुगेको पहिलो नेपाली फिल्मका रूपमा चिनाएको थियो।

कान्सको सफलतापछि फिल्मको नेपाल रिलिजलाई लिएर दर्शक र फिल्मकर्मीबीच उत्सुकता बढेको छ। Underground Talkies Nepal का आधिकारिक सामाजिक सञ्जाल अपडेटअनुसार फिल्म नेपालभर Tea Folks Films मार्फत वितरण हुनेछ।

कान्सको रेड कार्पेटदेखि नेपाली हलसम्मको यात्रा यो फिल्मका लागि मात्र होइन, नेपाली सिनेमाका लागि पनि विशेष क्षण हो। अन्तर्राष्ट्रिय मञ्चमा सम्मानित नेपाली कथा अब आफ्नै दर्शक माझ आउदैछ।

फिल्मको ट्रेलर हेर्नुहोस्

SUBSCRIBE 👉