बलिउड नायिका प्रियंका चोपडाले हालै आयोजित स्टार गिल्ट अवार्ड २०१५ मा ४ मिनेटको प्रस्तुति दिँदा उनले १ दशमलब २५ करोड रुपैंयाँ लिएको रहस्य खुलेको छ । समाचार अनुसार उक्त महत्वपूर्ण कार्यक्रममा प्रियंकाको प्रस्तुति नै सर्वाधिक महंगो प्रस्तुति बनेको थियो ।
प्रियंका र उनको टिमले आफ्नो कन्सेप्ट र स्टाइलको लागि निकै मेहनत गरेका थिए । उनले फिल्म गुण्डेको अस्सलामे–ए–इश्कुममा नृत्य गरेकी थिईन् । आयोजकले पनि उनको माग अनुसारको रकम दिए पछि प्रियंका स्टेज प्रस्तुतिमा सर्वाधिक रकम लिने कलाकार बनेकी छन् ।

