सौगात मल्लको करिअर साँच्चिकै धरमरमा छ। यसअर्थमा की ‘लुट’ पछि रिलिज भएका झण्डै एक दर्जन फिल्म व्यावसायिक रुपमा असफल भएका छन्। घाटाको व्यापार त छदछै, ‘लुट’को हाकु कालेको छापलाई अझ मेटन सकेका छैनन्। आज पनि उनको परिचय हाकु कालेमै सिमित छ। एकै चरित्रबाट चिनिरहनु जतिको पीडा एउटा कलाकारको लागि अरु के हुनसक्ला ? झन् सौगात परे, थिएटर पृष्ठभूमिका। त्यसैले यो पीडा उनी झन् धेरै पिल्सिएको हुनुपर्छ। उसो त उनले हरेक फिल्ममा फरक भूमिकामा देखिने प्रयास गरेका पनि होइनन्, तर अझ पासा पल्टिएको छैन। हाकु कालेपछि उनको कुनै चरित्र ‘मार्क’ नभएको तीतो-यर्थाथ हो। उनको पछिल्लो फिल्म ‘षड्ङग’को पनि यही हालत दोहोरिएको छ। न फिल्म हिट, न सौगातको चरित्र नै।
सुरज सुनुवार निर्देशित ‘षड्ङग’मा सौगात मधेसी मुलका कालु यादवको भूमिकामा देखिएका थिए, जो ग्याङस्टार हुन्छ। पोलिटिकल-थि्रलर जनराको यो फिल्मको मुख्य आकर्षण उनी नै थिए। उनका गरमागर्मी संवादले भरिएको ट्रेलर निकै रुचाइएको थियो। तर ट्रेलरले कमाएको साख फिल्मले बचाउन सकेन। अनि फिल्मको असफलतासँगै सौगातको साख पनि गिरेको छ। अर्थात ‘फ्लप फिल्मका हिट हिरो’को ट्यागले उनलाई अझ सताउने छ। पुर्परोमा नभएपछि कस्को के लाग्दोरहेछ र, कि कसो सौगात जी ?
होम » फिल्मी न्युज / गसिप » ‘षड्ङग’ले पनि जोगाएन सौगातको साख !
थप पोस्टहरू हेर्नुहोस्
सम्बन्धित पोस्टहरु
‘एक्का तीन’मा कविता नेपालीको इन्ट्री, पुजा शर्मा सँग हुनेछ कडा टक्कर?
कविता नेपाली एक्सन फिल्म ‘एक्का तीन’मा अनुबन्ध भएकी छन्। रुपेश तामाङले निर्देशन गर्ने फिल्ममा पूजा शर्मा र पुष्प खड्का पनि मुख्य भूमिकामा छन्। फिल्ममा पूजा र...
टंक बुढाथोकीको ‘मनबिनाको धन २’मा जोडिइन् गौरी मल्ल, कस्तो होला भूमिका?
अभिनेत्री गौरी मल्ल ‘मनबिनाको धन २’मा अनुबन्धित भएकी छन्। टंक बुढाथोकीले निर्देशन गर्ने फिल्ममा विपिन कार्की, पूजा शर्मा, सरोज खनाल र महेश त्रिपाठीलगायत...
युवा मनोविज्ञानको कथा बोल्ने चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’मा अभिनेता सन्तोष बानियाँ अनुबन्ध
अभिनेता सन्तोष बानियाँ निर्देशक बलिराम चौहानको चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’को मुख्य भूमिकामा अनुबन्ध भएका छन्। चलचित्रमा रियान गिरी पनि प्रमुख भूमिकामा छन्। यी...
घोडाबाट लडेर घाइते भएका विजय बरालको पुनरागमन, फेरि सुरु भयो ‘सिन्दुरे जात्रा’को छायांकन
विजय बराल घाइते भएपछि रोकिएको ‘सिन्दुरे जात्रा’को छायांकन पुनः सुरु भएको छ। चोट निको भएसँगै उनी पर्वतमा भइरहेको छायांकनमा फर्किएका हुन्। चलचित्र मंसिर ४ गते...
चार भाषामा बन्ने ‘बम्पर चिठ्ठा’ घोषणा, ‘आउट ल’ सेप्टेम्बरमा प्राइम भिडियोमा ल्याउने तयारी
स्याडो पिक्चर्सले चार भाषामा निर्माण गर्ने योजनासहित ‘बम्पर चिठ्ठा’ घोषणा गरेको छ। बिक्की महर्जन निर्देशक तथा कथाकार रहने चलचित्रका कलाकार खुल्न बाँकी छन्।
रघुजी फिल्म्सको तीन तीघ्रे क्या बिग्रे: गायकदेखि सामाजिक सञ्जालका चर्चित अनुहारसम्म एकै पर्दामा
रघुजी फिल्म्सको ब्यानरमा कमेडी चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’ निर्माण हुने भएको छ। अमरदीप सापकोटाको निर्देशन रहने फिल्ममा पशुपति शर्मा, परितोषिका पन्त...
‘पेन्सन पट्टा’को गीत ‘जुनी जाला’मा गाउँ, परिवार र संस्कृतिको कथा
गुरुङ संस्कृति, मौलिक भेषभूषा र ग्रामीण जीवनको सुन्दर प्रस्तुति समेटिएको ‘पेन्सन पट्टा’को गीत ‘जुनी जाला’ रिलिज भएको छ। गीतमा दयाहाङ राई, बुद्धि तामाङ र विल्सन...
नीति शाह र प्रभातपाल अभिनीत ‘जदौ’को शीर्ष गीत ‘जदौ हजुर’ सार्वजनिक
चलचित्र ‘जदौ’को शीर्ष गीत ‘जदौ हजुर’मा नीति शाह, प्रभातपाल ठकुरी र राजश्री थापा आकर्षक नृत्य प्रस्तुतिमा देखिएका छन्। गीतमा राजनराज शिवाकोटी र रचना रिमालको...
५१औँ दिन मनाउँदै ‘रोल नं १’, कमाइ १ करोड ७७ लाखमाथि
जेठ १५ गतेबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘रोल नं १’ले देशका सातवटा सिनेमा हलमा ५१औँ दिन पूरा गरेको छ। निर्माण पक्षका अनुसार चलचित्रले घरेलु बक्स अफिसमा १...
प्रियंका चोपडाको जन्मदिनमा राजामौलीले देखाए मन्दाकिनीको नयाँ रूप
एस.एस. राजामौलीले प्रियंका चोपडाको ४४औँ जन्मदिनमा वाराणसीकी मन्दाकिनीको गम्भीर र रहस्यमय नयाँ लुक सार्वजनिक गरेका छन्।
सुव्रत आचार्यले निर्देशन गर्ने ४ करोड बजेटमा एक्सन एड्भेन्चर चलचित्र ‘हजारौँमा एक’ निर्माण घोषणा
निर्देशक सुव्रत आचार्यको निर्देशनमा एक्सन–एड्भेन्चर चलचित्र ‘हजारौँमा एक’ निर्माण हुने भएको छ। करिब चार करोड रुपैयाँको बजेटमा बन्ने चलचित्र नेपाली, हिन्दी र...
चौतर्फी आलोचनापछि प्रियंका र दुर्गेशले मागे माफी, आधिकारिक युट्युब र सामाजिक सञ्जालबाट हटाइयो ‘मास्टर्नी’
फिल्म ‘मास्टर्नी’को प्रमोसनल गीतका शब्द र दृश्यले शिक्षक समुदायको भावनामा चोट पुगेको स्वीकार गर्दै प्रियंका कार्की र दुर्गेश थापाले क्षमायाचना गरेका छन्। गीत...

