भूकम्प पीडितको सहयोगार्थ अष्ट्रेलियामा भैरव


नेपालमा रहेका भूकम्पपीडित परिवारलाई न्यानो कपडा र राहत सामाग्री सहयोग गर्न न्यानो संसार नामक गैर सरकारी संस्थाले फिल्म ‘भैरव’ लाई अष्ट्रेलियाको मेलबर्नमा प्रदर्शन गर्ने भएको छ। सिड्नीको उत्साहजनक प्रदर्शन पश्चात फिल्मलाई अष्ट्रेलियाका विभिन्न सहरहरुमा प्रदर्शन गर्न लागिएको कार्यक्रम आयोजक विज्ञान काडेलले बताए।

Bhairabअष्ट्रेलियामा रहेर पत्रकारिता गरिरहेका काडेल र सुमन खरेलको सक्रियतामा फिल्मलाई अष्ट्रेलियामा प्रदर्शन गराउन लागिएको हेा। नेपालबाट यसको व्यवस्थापन निर्देशक तथा सञ्चारकर्मी जनकदीप पराजुलीले गरेका छन्।

निखिल उप्रेतीको निर्माण तथा निर्देशन रहेको फिल्ममा निखिल सहित अनु शाह, मुरलीधरलगायतका कलाकारले अभिनय गरेका छन्। फिल्मले तराईको विषयबस्तुलाई उठान गरेको छ।

अष्ट्रेलियामै रहेको नेपाल रिपोटर्स मिडियाले पनि यो फिल्मलाई अष्ट्रेलियाको विभिन्न सहरमा यो फिल्मलाई प्रदर्शन गराईरहेको छ।

SUBSCRIBE 👉