भीषणको पुस्तकमा नेपाली डिजेहरुको नालीबेली


nepali dj profile book hami dj by bhisanraiग्ल्यामर नेपाल, काठमाडौं । नेपालमा डिजेइङ र डिजेका बारेको अनुसन्धानमा सक्रिय युवा पत्रकार भीषण राईले ‘हामी डिजे’ नामक पुस्तक पाठकमाझ ल्याएका छन्। कान्तिपुर साप्ताहिकमा आवद्ध राईको पुस्तक हालै धरानमा विमोचन गरिएको छ। पुस्तकको अग्रज पत्रकारहरु हरि सुब्बा, भवानी बराल, गोपाल देवान, राजेश विद्रोही, जसकुमार राई, डिजे ललित र डिजे डबल विले धरानस्थित ङ्खयुजन क्लबमा संयुक्त रुपमा विमोचन गरेका थिए।

नेपालमा डिजे सम्बन्धी लेखिएको यो पहिलो पुस्तक हो। विदेशमा डिजेइङ एक सम्मानित पेशा भएपनि नेपालमा भने अझैसम्म पेशाको रुपमा सम्मान नगरिने भएकाले पुस्तकले आमधारणा परिवर्तन गर्ने आशा राखेको लेखक राईले बताए। ‘अन्य विदेशमा डिजेलाई सम्मानित पेशाकर्मीको रुपमा हेरिन्छ, तर नेपालमा डिजेइङ शुरु भएको ३ दशक वित्दा पनि समाजले पचाउन सकिरहेको छैन’लेखक राईले भने,‘पुस्तकले डिजेप्रतिको धारणा परिवर्तन गराउछ भन्ने आशा छ।’

पुस्तकमा अन्तर्राष्ट्रियस्तरमा डिजेको अवस्था, नेपालमा डिजेको अवस्था, विश्वचर्चित डिजे र नेपालका सम्पूर्ण डिजेहरुको बारेमा जानकारी समेटिएको छ। ‘डिजे तालिम र पढाई हुने स्कुलहरुमा यो पुस्तक अनिवार्य पढाई हुने भएको छ, यो अर्को खुशीको कुरा हो।’उनले भने। पत्रकार हरि सुब्बाले आधुनिक समाजमा डान्स क्लब र डिजे संस्कृतिलाई स्वीकार्दै जानुपर्ने धारणा राखे। लेखक तथा अग्रज पत्रकार भवानी वरालले पुस्तकको अनुगमन र समिक्षा गर्दै जान सल्लाह दिए। पत्रकार राजेश विद्रोहीले डिजेबारे महत्वपूर्ण खुराक पुस्तकले पस्किएको बताए भने जसकुमार राईले डिजे पेशाप्रति पुस्तकले सम्मान भाव जगाउने बताए।

hami-dj-bhisan-raiडिजे डबल विले पुस्तकले डिजेहरुलाई पहिचान दिलाउन महत्वपूर्ण भुमिका खेल्ने भन्दै प्रशंसा गरे। यस्तै, डिजे नेक्स्ट स्याडोले रात्रि जीवन र पर्यटनको लागि डान्स क्लब एवं डिजे पेशा अनिवार्य भए पनि राज्य तथा प्रहरी प्रशासनको गलत नीतिले असर पुगिरहेको बताए। नाच्ने पारखीहरुलाई डिजेले ४ वटा गीतको टोनलाई एउटैमा मिसाएर नया“ ढंगले नचाउने भन्दै उनले डिजेप्रतिको धारणा सबैले परिवर्तन गर्न आग्रह गरे। डिजे ललितले पनि पुस्तकले डिजे भनेर गर्व गर्ने स्थिति बनाएको बताए।

SUBSCRIBE 👉