दुबई डिसेम्बर १ मा छैठौं ज्योती फिल्मस् म्युजिक अवार्ड


आगामी डिसेम्बर १ मा युएईको बरदुबईमा छैठौं ज्योती फिल्मस् म्युजिक अवार्ड तथा साँस्कृतिक साँझ २०८१ आयोजना हुने भएको छ। रोयल मुभिज प्रा.ली र राष्ट्रिय संगीतकर्मि संघ युएईको आयोजनामा हुने अवार्ड समारोह तथा साँस्कृतिक साँझ दुबईको अस्टोरिया होटलमा हुने बताइएको छ।

आयोजक रोयल मुभिजका अध्यक्ष निरेन श्रेष्ठका अनुसार कार्यक्रममा नेपालबाट दुईदर्जन कलाकारको टिम जानेछन्। साथै दुबईमै रहेका केहि कलाकारहरुको प्रस्तुती पनि रहने बताइएको छ। अवार्डको उत्कृष्ट पाँच मनोनयन एकसाता अघि सार्वजनिक भइसकेको छ।

SUBSCRIBE 👉