जाडो मौसममा यसरी गरौ आफ्नो स्किनको स्याहार


जाडोयामको सुरुवातसँग चिसो बढ्दै छ। चिसोको कारण हामीलाई विभिन्न स्वास्थ्य समस्या पनि देखिन्छ। त्यसमध्ये छाला सुख्खा हुने समस्या पनि एक हो। चिसो मौसमका हावा एकदमै चिसो हुने गर्छ। चिसो हावाका कारण छाला पनि सुख्खा हुने गर्छ। यो आम समस्या हो। चिसोमा छाला सुख्खा हुनुमा हावाको साथै अन्य विभिन्न कारण पनि हुने गर्छ।

शरीरमा पानीको कमी, घामको हानीकारक विकिरण, तातो पानीमा नुहाउने लगायतका कारणले पनि छाला सुख्खा हुने गर्छ। छाला सुख्खा भएमा छाला पोल्ने, चिलाउने तथा छाला पोल्ने गर्छ। चिसोमा छाला सम्बन्धि समस्याबाट बच्न नियमित रुपमा मोइस्चराइजर क्रिमको प्रयोग गर्न आवश्यक छ। साथै, साबुनको प्रयोगमा विशेष सावधानी अपनाउनु पर्छ। किनकी विभिन्न केमिकल युक्त साबुनको प्रयोगले पनि छाला सुख्खा हुने गर्छ।

जाडो मौसममा यसरी गरौ आफ्नो स्किनको स्याहार
नरिवलको तेल: छाला सुख्खा हुन नदिन नरिवलको तेल प्रभावकारी उपचार मानिन्छ। किनकी नरिवलमा फ्याटी एसिड, प्रोटिन तथा विटामिन ‘ई’ पाइन्छ, जसले छालालाई नरम बनाउन मद्दत गर्छ। यसबाहेक, नरिवरमा एन्टी अक्सिडेन्ट तत्व हुन्छ, जुन समग्र स्वास्थ्यको लागि लाभदायक मानिन्छ।

यसको लागि नरिवल तेललाई हल्का तताएर नुहाउनु अघि शरीरमा लगाउनु पर्छ र विस्तारै मालिस गर्नुपर्छ। दश मिनेट पछि नुहाउनु पर्छ। छाला धेरै सुख्खा भएमा नुहाए पछि पनि नरिवलको तेल प्रयोग गर्न सकिन्छ।

मह : महलाई प्राकृतिक मोइस्चराइजर पनि भन्ने गरिन्छ। यसमा एन्टी अक्सिडेन्ट तत्वका साथै रोग निरोधी गुण हुन्छ। यसबाहेक, महमा कयौ प्रकारका भिटामिन तथा खनिज पाइन्छ, जसले छालालाई नरम राख्न मद्दत गर्छ।

जैतूनको तेल : अंग्रेजीमा ओलिभ आयल भनिने जैतूनको तेल छालाको लागि प्रभावकारी औषधि हो। जैतूनमा भिटामिन लगायतका एन्टीअक्सिडेन्ट तत्व पाइन्छ। छालाको सुख्खापन हटाउन महत्वपूर्ण भूमिका खेल्ने भएकोले जैतूनलाई पनि प्राकृतिक मोइस्चराइजर भनिन्छ। जैतूनलाई हल्का तातो बनाएर हात, खुट्टामा लगाइ मसाज गर्नु होस् र करिब आधा घण्टा पछि धुनुहोस्। यसो गर्नाले तपाईंको छाला मुलायम हुन्छ।

दू्धमलाई : दूधमलाईमा फ्याट तथा ल्याक्टिक एसिड उच्च हुन्छ, जसले सुख्खा छालामा मोइस्चराईजरको रुपमा कार्य गर्छ। यसले छालालाई नरम र चम्किलो बनाउँछ। दैनिक उपयोगका लागि आफ्नो सुख्खा छालामा दूधको ताजा मलाई लगाउनुस्। दश मिनेट सम्म राखेर मनतातो पानीले राम्ररी धुनुहोुस्।

एलोभेरा : सुख्खा छालामा एलोभेरा निकै प्रभावकारी मानिन्छ। एलोभेराको मद्दतले चिसो मौसममा छालालाई नरम, मुलायम तथा जीवन्त बनाउन सकिन्छ। यसको प्रयोगले छालाको स्किन टोनमा समेत सुधार आउँछ।

SUBSCRIBE 👉

यो पोस्ट साथीहरुलाई पनि सेयर गर्नुहोस्
Ads Blocker Image Powered by Code Help Pro

ADS BLOCKER DETECTED !

We have detected that you are using extensions to block ads on our website. Please support us by disabling the ads blocker.