गर्मी मौसममा मुहारको सुन्दरतामा कमि हुन नदिन अपनाउनुहोस् यी तरिकाहरु

गर्मीयाम हरेक व्यक्तिको मनपर्ने मौसम नहुन पनि सक्छ। गर्मी महिनाको समयमा सूर्यको कडा किरणका कारण छालालाई नरम र चमकदार बनाई राख्न निकै गाह्रो हुने गर्छ। धुलो र धुवाले झनै अनुहारलाई झनै विगार्ने गर्छ। गर्मीमा तपाईको त्वचालाई कसरी चमकदार र नरम बनाउन सकिन्छ? यी ५ तरिका अपनाउनाले तपाईको सुन्दरमुहारको सुदरतामा कमि आउने छैन।


image credit: pressfoto / Freepik

मह र जैतूनको तेल
महको अविश्वसनीय चिकित्सा र मोइस्चराइजिङ्ग गुण हुन्छ। दोश्रो जैतुनको तेलमा एन्टीअक्सिडेन्ट र स्वस्थ फ्याट एसिड हुन्छ जसले त्वचा शान्त राख्न मद्दत पुर्याउँछ। कागतीको रसको केहि थोपाको साथमा मह र जैतुनको तेलको १/१ चम्चा मिश्रण बनाउनुहोस्। सामान्य तरिकाले आफ्नो शरीरको खुल्ला भाग र अनुहारमा लगाउनुहोस। त्यसको १५ मिनेट पछि तातो पानीमा भिजाइएको रुमालले पुस्नुहोस्।

दुध वा महिको प्रयोग
दूध र महि प्राकृतिक मोइस्चराइज़रको जस्तै काम गर्छ। अनुहारको गहिराईको छिद्रमा समेत प्रवेश गर्ने गर्छ जसले अनुहारलाई कोमल र चमकदार बनाउँछ। यस बाहेक अनुहारको चाउरीपना हटाउन पनि मद्दत गर्ने गर्छ। चीसो दुधमा सानो कपासको टुक्रा भिजाएर हल्का हातले शरीर र अनुहारमा मालिस गर्नुहोस। ७ मिनेटसम्म यतिकै छाड्नुहोस्। त्वचालाई प्राकृतिक रूपमा मोइस्चराइजर गर्नको लागि नुहाउनु अघि दुई पटक लगाउनुहोस्।

गोलभेडाको प्रयोग
गर्मीको समय आफ्नो अनुहार ताजा र कुल राख्नको लागि राम्ररी टमाटरको उपयोग गर्नुपर्दछ जुन एन्टीअक्सिडेन्टको स्रोत मानिन्छ। टमाटर र कागतीको रस मिसाएर आफ्नो अनुहारमा लगाउनुहोस्। त्यसपछि १० मिनेटको लागि छाड्ने त फेरी चिसो पानीले धुनुहोस। यो विधिले तपाईको अनुहारलाई हाइड्रेट गर्नुको साथै फ्रेस पनि राख्नेछ।

सनस्क्रीन क्रिम
जब बाहिर निसक्नुहुन्छ तब सनस्क्रीनको पर्योग गर्नुहोस । यो निकै महत्वपूर्ण छ किनभने सनस्क्रीनले तपाइको अनुहारलाई हानिकारक विकिरणबाट बचाउँछ।

घरेलु फेस प्याक
घरमा दुध, महि, टमाटर र वेसार जस्ता सामाग्रीबाट तयार पारिएको फेस प्याक लगाउनाले साइडइफेक्ट गर्दैन र अनुहारलाई नरम र चम्किलो बनाउँछ।

SUBSCRIBE 👉