बलिउड अभिनेत्री ज्याकलिनको फिटनेस मन्त्र


ज्याकलिन फर्नान्डेज युवापुस्तामाझ निकै नै लोकप्रिय बलिउड अभिनेत्री हुन्। पछिल्लो समय दमदार अभिनयका कारण चर्चित उनी निकै सुन्दर छिन्। श्रीलंकामा जन्मेकी उनी दुई कुराले चर्चित छिन्, एक उनी कसैको आड नलिई फिल्मी क्षेत्रमा लागिन् र दोस्रो भनेको उनी आफ्नो स्वास्थ्यबारे निकै चनाखो छिन्। सुगठित शरीरकी धनी ज्याकलिन फिटनेस कन्सस छिन्। फिल्म र टेलिभिजन विज्ञापन खेल्नुका अलवा योग र अर्गानिक जुसको विज्ञापन गर्नु जस्ता कुराले उनको स्वास्थ्यप्रतिको लगाबलाई छर्लङ्ग पार्छ।

ज्याकलिनले सन् २०११ मा इमरान हासमीको अपोजिट ‘मर्डर २’बाट बलिउड डेब्यु गरेकी थिइन्। यसपछि उनले लगालग हाउसफुल २ र ३, ढिस्सूम, किक र रेस २ मा अभिनय गरिन्। फिल्मी स्टार भइकन उनी खानपानमा पनि निकै सजग छिन्। खनापानको व्यवसायमा रुचि राख्ने उनले कोलम्बोमा एक रेस्टुरेन्ट संचालन गरिन्। किमा सूत्र नामको उनको रेस्टुराँले टिपिकल श्रीलंकाली खानेकुरा बेच्दै आइरहेको छ। सन् २०१४ मा उनले अर्गानिक फुड क्याफे खोल्न ठाउँ खोज्दै गरेको खबर आएको थियो तर पछि त्यो योग केन्द्रका रुपमा रुपान्तरित भयो।

एक टेलिभिजन अन्तर्वार्तामा ज्याकलिनले आफू प्रायः जिमखाना धाइरहने बताएकी थिइन्। ‘म दिनमा कम्तिमा एक घन्टाजति व्यायाम गर्छु,’ उनले भनेकी छन्, ‘सधैं एकैनासको व्यायाम भने गर्दिनँ तर योग, जिम, डान्स र केही किसिमका कार्डियो भने गरिरहन्छु।’ उनी थप्छिन्, ‘तपाईंको व्यायाम गर्ने तालिका बोझिलो हुुनुहुँदैन। व्यायाम बोझिलो हुँदा तपाईंको मन व्यायाममा नभई अन्यत्र जान सक्छ। दैनिक रुपमा कम्तिमा एकघन्टाको व्यायाम गर्दा तपाईं आफूलाई खुसी, स्वस्थ र तन्दुरुस्त राख्न सक्नुहुन्छ।

Burning the midnight oil with my @lanaroxy (spot miumiu) 💖

A post shared by Jacqueline Fernandez (@jacquelinef143) on

तपाईंले कस्तो प्रकारको खाना खानुभयो भन्ने कुराले पनि तपाईंको व्यायामलाई असर गर्छ। म मेरो खानेकुरामा मलाई चाहिने पूर्ण डाइट लिन्छु। म मेरो खानेकुरामा फ्याट, काब्र्स र अन्य पोषण कत्तिको रहेको छ सदैव ख्याल गर्छु। अझ सरलमा भन्नुपर्दा म आफूले खाने कुराहरु कत्तिको स्वस्थ छन् निगरानी गर्छु।’

Caught between a strong mind and a fragile heart 🌹@tresemmeindia for @cosmoindia

A post shared by Jacqueline Fernandez (@jacquelinef143) on

यदि तपाईंले ज्याकलिनको इन्स्टाग्राम फिड हेर्नुभयो भने उनी आफ्नो खानपानमा कत्तिको सजग छन् भनेर बुझ्न सक्नुहुन्छ। उनले टोनी जुस, जमराको जुस लगायतका पेय पदार्थका तस्बिरहरु समेत पोस्ट गरिरहेकी हुन्छिन्। ‘योग अभ्यासले मलाई निकै सहयोग पुर्याएको छ। मेरो शरीरलाई बलियो पनि बनाएको छ। तपाईंले आफूलाई मनपर्ने व्यायाम गर्नुभयो भने तपाईं रमाउन पनि सक्नुहुन्छ। तपाईंले आफ्नो मुटुलाई स्वस्थ राख्ने किसिमको कम्तिमा एउटा व्यायाम गरेमा निकै फलदायी हुन्छ। गुणस्तरीय खानपानसँग तपाईंले व्यायामलाई जोड्नुभयो भने त्यो निकै राम्रो हुन्छ।

Some days you excel some days you don't but everyday you grow #polefitness @lanaroxy 🌈💜

A post shared by Jacqueline Fernandez (@jacquelinef143) on

अर्को कुरा पानी। पानी तपाईंले धेरैभन्दा धेरै पिउन आवश्यक हुन्छ। जिमखानाको समय रमाइलो बनाउन तपाईंले विचार मिल्ने साथीहरुको छनोट गरेर साथीभाइसँग जिम जाँदा रमाइलो हुन्छ,’ ज्याकलिनको सुझाव छ। ‘वुमन हेल्थ’ म्यागेजिनको आवरणमा छाउँदा पुमा स्र्पोट्स सु र वर्कआउट गिएर पहिरिएकी उनी युवा पुस्ताको लागि गतिलो रोलमोडल समेत हुन्। उनको फिटनेस फर्मुलाले धेरै युवालाई स्वस्थ रहन प्रेरित गरेको बताइन्छ। आफूलाई मनपर्ने व्यायामबारे बोल्दै ज्याकलिन भन्छिन्, ‘विभिन्न कार्डियोलाई योगसँग मिसाएर गर्न मनपर्छ मलाई। नाच्नु मेरा लागि सबैभन्दा रमाइलो र मनपर्ने व्यायाम हो।’ ज्याकलिनको जस्तै व्यायाम गर्न तपाईंले उनको इन्स्टाग्राम फिडलाई प्रेरणा रुपमा हेर्नसक्नु हुन्छ। उनले इन्स्टाग्राममा उनले आफूले व्यायाम गर्दै गरेका भिडियोहरु बारम्बार पोस्ट गरिरहेकी हुन्छिन्।

केही पहिलेको एक अन्तवार्तामा ज्याकलिनले यदि आफू वजनदार भएमा कहिल्यै सुत्न नसक्ने बताएकी थिइन्। गहुँगोरो वर्णकी ज्याकलिन आफूलाई स्लिम र फिट राख्न खानपानबारे सदैव सचेत हुन्छिन्। माछामासुका अतिरिक्त सागपात निकै खान्छिन् उनी। खानपानमा उनले सागसब्जी, फलफूल, ब्राउन राइस र सुप तालिका बनाएर पिउँछिन्। सुसी र सालमोन उनको डाइटका मुख्य परिकार हुन्। बियाँ र ड्राई फ्रुट्स निकै खाने उनी चिनी कम खान्छिन्। यति हुँदाहुँदै पनि उनी चकलेट र पिज्जा खान भने मरिहत्ते गर्छिन्। आफूलाई भोक लागेको समयमा मात्र खानेकुरा खाने उनी पानी भने निकै पिउँछिन्।

‘Yogini’ with @lanaroxy ⭐️

A post shared by Jacqueline Fernandez (@jacquelinef143) on

यस्तो छ ज्याकलिनको खानपान तालिका
दिनको सुरुवात : उनी बिहान उठ्ने बित्तिकै मह र कागती मिसाइएको मनतातो पानी पिउँछिन् ।
बिहानको खाज : उसिनेको अन्डा, ताजा फलफूल र ग्रिन टी
बिहानको खान : ब्राउन राइस, गेडागुडी र धेरै सलाद
बेलुकाको खाना : हल्का खाना

SUBSCRIBE 👉