
The landscape poster for Tilasmi announces its theatrical release on Poush 24, 2083 (January 8, 2027).
एउटा पोस्टरमा महेश खड्का सोफाअगाडि एक घुँडा टेकेर उठ्न खोजेजस्तो देखिन्छन्। पछाडिबाट जाहन्वी बस्नेत र सुनिशा बजगाईंले उनको ज्याकेट समातेका छन्। अर्को पोस्टरमा भने तिनै पात्र एकअर्काको टाउकोमा हात राखेर क्यामेरातिर हेर्छन्। गीतकार तारा अधिकारीले आफ्नो पहिलो निर्देशकीय फिल्म ‘तिलस्मी’का दुई पोस्टरमा तीन मुख्य पात्रलाई यसरी चिनाएकी छन्।
पारिवारिक कथामा बनेको ‘तिलस्मी’ आगामी पुस २४ गते (८ जनवरी २०२७) देखि सिनेमाघरमा प्रदर्शन हुनेछ। पोस्टरमा तीन पात्रको हाउभाउले ध्यान तान्छ, तर कथामा उनीहरूबीचको नाता के हो भन्ने खुलाइएको छैन।
सुनौलो तारा मोसन पिक्चर्सको ब्यानरमा बनेको फिल्मको कथा, निर्माण र निर्देशन तारा अधिकारीकै हो। गीत पनि उनैले लेखेकी छन्। बाबुराम निरौलाले पटकथा र संवाद लेखेका हुन्। जाहन्वी, सुनिशा र महेशसँगै फिल्ममा आरजे सिंह, रश्मि भट्ट, भविष्य कार्की र सुभाष भण्डारीलगायतको अभिनय छ।

The second Tilasmi poster brings the three leads together in a portrait designed by Tauwa Creation for Sunaulo Tara Motion Pictures.
फिल्मका गीतमा सुमन केसी र किरण कँडेलको संगीत छ भने कोरियोग्राफी राजीव समरले गरेका छन्। बिनोद बलले खिचेको फिल्म नहकुल खड्काले सम्पादन गरेका हुन्। ध्वनि डिजाइन अमित श्रेष्ठले गरेका छन् भने पार्श्वसंगीतमा उनीसँगै पार्किष गिरीले काम गरेका छन्। रंग संयोजन राजेन्द्र मोक्टानको हो।
इलियास शेख प्रमुख सहायक निर्देशक र अनुजा अधिकारी सहायक निर्देशक हुन्। निर्माण व्यवस्थापन मनिष डीके र सुवास राईले सम्हालेका छन्। फिल्मका पोस्टर टौवा क्रियसनले डिजाइन गरेको हो। ‘तिलस्मी’को वितरण कृति इन्टरटेनमेन्ट र नेसनल सिने ग्रुपले गर्नेछन्।







