उमेर ३० नाघ्यो? अझ राम्री देखीन यसरी गर्नुहोस् स्किन केयर


बढ्दो उमेरसँगै छालामा रिंकल्स, धब्बा, दाग, आँखाको वरिपरि कालो घेरालगायतका समस्या देखिन थाल्छन्। त्यसैले यो उमेरमा छालाको सुरक्षा गर्न निकै आवश्यक छ। ३० वर्षपछि पनि छालाको चमकलाई दुरुस्तै राख्नका लागी यी उपायहरु अपनाउन सकिन्छ।

३० वर्षपछि सबैभन्दा पहिला आँखाको वरिपरि समस्या देखिन्छ, जसले गर्दा बिस्तारै तपाईंलाई बूढो देखाउन थाल्छ। यस्तो समस्याबाट मुक्त हुनका लागि तपाईंले आइसक्रिमको प्रयोग गर्न सुरु गर्दा हुन्छ। यसको प्रयोगले आँखाको आसपासमा हाइड्रेट रहिरहन्छ, जसले आँखाको थकानलाई समेत कम गराउँछ।

यस्तो उमेरमा तपाईंले चिसो र घामबाट छालालाई जोगाउन आवश्यक हुन्छ। छालालाई घामबाट बचाउनका लागि एसएफपी थर्टी क्रिम लगाएर मात्र बाहिर निस्कनुपर्छ।

छालाको मोस्चराइज नगर्दा रिंकल्स देखिनुका साथै छाला रुखो बन्न थाल्छ। मोस्चराइजरले छालालाई कलिलो र पोषित बनाउँछ। त्यसैले ३० वर्षपछि भिटामिन सी र बायो आयल्सले मोस्चराइज प्रयोग गर्दा छालालाई फाइदा पुर्‍याउँछ।

विशेषगरी ३० वर्षपछि नाइटकेयर रुटिङ फलो गर्न जरुरी हुन्छ। हरेक रात मेकअपलाई राम्रोसँग पखाल्नुपर्छ र छालालाई हप्तामा दुईपटक एक्सफोलिएट गर्न पनि सक्नुहुन्छ। नाइटक्रिम पनि नियमित प्रयोग गर्दा राम्रो।

हरेक उमेरसमूहका लागि खाना महत्वपूर्ण हुन्छ। विशेषगरी ३० वर्षपछि डाइटको विशेष ख्याल गर्न आवश्यक छ। जाडोमा ओमेगा थ्री र ओमेगा सिक्स फ्याट एसिड खाने बानी गर्नुपर्छ। यसले छालालाई सफ्ट बनाउनुका साथै फुस्रो हुनबाट पनि बचाउँछ। पनिर, माछा, एबोकाडो, सोयाबिन लगायतका खाद्य पदार्थ खाने गरेमा छालालाई फाईदा हुन्छ।

SUBSCRIBE 👉

यो पोस्ट साथीहरुलाई पनि सेयर गर्नुहोस्
Ads Blocker Image Powered by Code Help Pro

ADS BLOCKER DETECTED !

We have detected that you are using extensions to block ads on our website. Please support us by disabling the ads blocker.