सुनिता दुलालको नयाँ म्युजिक भिडियो – ‘नबोल अरु सँग’


‘तीज क्विन’, की नामले परिचित लोकगायिका सुनिता दुलालको नयाँ गीत ‘नबोल अरु सँग’ सार्वजनिक भएको छ। यसमा उनलाई चर्चित लोकगायक खेम सेञ्चुरीले साथ दिएका छन्। सुनिता दुलालकै युटयुब च्यानल बाट रिलिज गरिएको गीतको भिडियोमा प्रियंका कार्की, अञ्जली अधिकारी, गम्भिर विष्ट, सुरेश देवल लगायतको अभिनय छ। नेत्र अर्यालको शब्द रहेको गीतलाई खेम सेञ्चुरीले संगीतबद्ध गरेका हुन्।

गायिका दुलालले यसपटकको गीत आजसम्मकै उष्कृष्ट रहेकाले दर्शकश्रोताहरुलाई मनपर्ने दाबी गरेकी छिन्। नाचगानमा रमाउँने दिदीबहिनीहरुलाई लक्षित गरी तयार पारिएको यो गीत देशविदेशका सबैलाई मनपर्ने उनले बताइन।

दुलालका पियारी, ‘यो रमाईलो तिजैमा’, ‘यसपाली नि खाने दर’, ‘चुरा टिका लाली’, ‘इच्छा पु¥याइदेउ’, ‘नाचौ सरर’, लगायतका तीज गीत चर्चित छन्। तीज आउन केही हप्ता बाँकी रहेपनि यतिबेला सामाजिक संजाल तीजमय बनेको छ। तीजलाई नै लक्षित गरी दर्जनौं गीतसंगीत र म्यूजिक भिडियो सार्वजनिक भएका छन्।

SUBSCRIBE 👉